
काठमाडौं ।
एप्पलको ५ जूनमा आयोजना हुने डब्ल्युडब्ल्युडिसी २०२३ कार्यक्रममा कम्पनीको पहिलो एआर/भीआर हेडसेट फिचर हुने अपेक्षा गरिएको छ।
उत्पादनको विवरणहरू अझै थाहा नभएपनि, एप्पलले मेटाभर्स जस्तै भर्चुअल ब्रह्माण्डमा संकेत गरिरहेको तथा रियल वर्ल्डमा डिजिटल तत्वहरू थप्दैरहेको बताइएको छ। विज्ञहरूले पहिले नै एआर/ भीआर प्रविधि एक ठूलो सफलता हुने विश्वास गरीरहँदा यद्यपि, छोटो अवधिमा, उत्पादन एप्पलका लागि सोचेको जस्तो लाभदायक नहुन सक्ने पनि बताइएको छ।
एप्पलले आफ्नो पहिलो संवर्धित वास्तविकता अर्थात अगुमेन्टेड रियालिटी/भर्चुअल रियालिटी भीआर हेडसेट २०२३ मा वर्ल्डवाइड विकासकर्ता सम्मेलन (डब्ल्युडब्ल्युडिसी) मा घोषणा गर्ने अपेक्षा गरिएको छ।
विश्लेषकहरूले यसको सम्भावनाको मूल्याङ्कन गर्न थालिसकेका तथा प्रारम्भिक भविष्यवाणीहरूले हेडसेट ठूलो सफलता हुने सुझाव दिएको पनि छ। जेन मुन्स्टर नामका विश्लेषकले सन् २०३० सम्ममा एप्पलको करिब १० प्रतिशत व्यापारमा एआर हेडसेटले योगदान पुर्याउन सक्नेमा विश्वास गरेको बताइएको छ।
“मलाई विश्वास छ कि अधिक इमर्सिभ उपभोक्ता प्राविधिक अनुभवहरूको प्रवृत्ति जारी रहनेछ, जसले बलियो हेडसेट बजारको लागि मार्ग प्रशस्त गर्नुपर्छ”, मुन्स्टर भन्छन्, “२०३० सम्ममा, मलाई विश्वास छ कि वेयरेबल र ग्लास खण्डले एप्पलको बिक्रीको १० प्रतिशत भाग लिन सक्छ, जुन आजको एप्पलको म्याक र आईप्याड व्यवसायको आकारमा मिल्दोजुल्दो छ।”
एआर हेडसेटलाई सफलताको यो स्तरमा पुग्न केही समय लाग्ने बताइएको छ। हेडसेटको पहिलो पुनरावृत्तिले यसको पहिलो वर्षमा मात्र अमेरिकी डलर ३ बिलियन राजस्व उत्पन्न गर्ने मुन्स्टर विश्वास गर्छन्। यद्यपि, एआर हेडसेटहरूको बजार आगामी वर्षहरूमा द्रुत रूपमा बढ्ने उनको विश्वास रहेको पनि बताइएको छ।
प्रकाशित: १५ जेष्ठ २०८०, सोमबार