स्मार्ट टेलिकमका लगानीकर्ताको घर घेराउ गर्दै रिचार्ज कार्ड बिक्रेता

  • Technology Khabar | १३ जेष्ठ २०८०, शनिबार
स्मार्ट टेलिकमका लगानीकर्ताको घर घेराउ गर्दै रिचार्ज कार्ड बिक्रेता

काठमाडौं ।

स्मार्ट टेलिकमका रिचार्ज कार्ड पिडितहरुले सो कम्पनीमा २० प्रतिशत शेयर लगानी भएको लगानीकर्ताको घर घेराउ गरेका छन्।

स्मार्ट टेलिकमले आफूहरुको करिब ५२ करोड रुपैयाँ बराबरको रिचार्ज तथा सिमकार्डको क्षतिपूर्ति नदिएको भन्दै कम्पनीमा तालाबन्दी गरेका रिचार्ज कार्ड व्यवसायीहरुले शनिवार स्मार्ट टेलिकममा २० प्रतिशत लगानी गरेको स्वायर नेटवर्क प्रालिका सर्वेश जोशीको घर घेराउ गरेका हुन्।

उनीहरुले घर घेराउ कार्यक्रममा स्मार्ट टेलिकमका संचालकहरुले दायित्वको जिम्मेबारी लिनुपर्ने नेपाल दूरसञ्चार प्राधिकरणले सूचना जारी गरेको र संचालकहरुले यसअघिको आफूहरुको दायित्व समेत तिर्नुपर्ने सूचना समेत टाँस गरेका छन्।

स्मार्टका लगानीकर्ताको घर घेराउ गरेपछि आफूहरुलाई आइतबार कम्पनीमा वार्ताको लागि बाेलाईएकाे उनीहरुले जानकारी दिए।

उनीहरुले टेक्नोलोजीखबरसँग भने, “हाम्रो बजारमा भएको रिचार्ज कार्डको पैसा (लगभग ५२ करोड) आधिकारिक विक्रेतालाई कमिसन वापतको रकम (लगभग ७ करोड) र २ बर्षदेखि सरकारलाई बुझाउनुपर्ने टिडिएसको लगभग १ करोड बापतको करसमेत बुझाएको छैन्।”

उनीहरुले घर घेराउ गरेपछि बल्ल भोली दिउँसो वार्ताका लागि बोलाईएको जानकारी दिएका छन्।

रिचार्ज र सिमकार्ड व्यवसायीहरुले माग पूरा नहुन्जेल निरन्तर आन्दोलन जारी नै राख्ने बताए।

यो पनि हेर्नुस्-

रिचार्ज कार्ड बिक्रेताले स्मार्ट टेलिकममा लगाए ताला

प्रकाशित: १३ जेष्ठ २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei empowers Nepal’s green energy future with launch of FusionSolar9.0 Smart PV Solution

  • Technology Khabar
  • १३ जेष्ठ २०८०, शनिबार