लेनोभोको ४९ दिनसम्मको ब्याट्री लाइफ भएको योगा के७ मेकानिकल किबोर्ड सार्वजनिक

  • Technology Khabar | १३ जेष्ठ २०८०, शनिबार
लेनोभोको ४९ दिनसम्मको ब्याट्री लाइफ भएको योगा के७ मेकानिकल किबोर्ड सार्वजनिक

काठमाडौं ।

लेनोभोले चीनमा योगा के७ मेकानिकल किबोर्ड लन्च गरेको छ। यस मेकानिकल किबोर्डमा सनलाईट–रिफ्लेक्टिङ टाइड कलर स्किम, जिंक अलोय फ्रेम र भ्याकुम इलेक्ट्रोप्लेटिंग प्रक्रिया मार्फत प्राप्त गरिएको पोलिस्ड राउन्ड टेक्सचरको साथ एक युनिक (अद्वितीय) डिजाइन अपनाइएको उल्लेख छ।

यस मेकानिकल किबोर्डको मूल्य ६९९ युआन (९९ डलर) रहेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

योगा के७ मेकानिकल किबोर्डमा कम्प्याक्ट ७५ प्रतिशत लेआउट सहित ८२ ओटा किजहरू रहेको बताइएको छ। साथै यस किबोर्डको अल्ट्रा–थिन बेस (सबैभन्दा पातलो भागमा ४एमएम मापन भएको) को साथ सानो, उत्कृष्ट र बोक्न सजिलो हुने गरी डिजाइन गरिएको उल्लेख छ।

योगा के७ किबोर्ड जियाडालोङ सर्ट रेड स्विचेस (छोटो रातो स्विचहरू) बाट सुसज्जित रहेको छ। उक्त सर्ट रेड स्विचहरू आफ्नो क्रिस्प र सेन्सेटिभ टचको लागि परिचित रहेको उल्लेख छ। साथै उक्त स्विचहरूलाई ट्रिगर गर्नको लागि केवल ५०जी फोर्स भए पुग्ने बताइएको छ। त्यसैगरी किबोर्डमा आउने पीबीटी टु–कलर (दुई–रङ) इन्जेक्सन कीक्याप्सहरूले स्थायित्व र सुखद टाइपिङ अनुभव प्रदान दाबी गरिएको छ।

कनेक्टिभिटीको सन्दर्भमा, योगा के७ ले वायर्ड (तार) र ब्लुटुथ ५.० डुअल–मोड कनेक्सन (जडान)लाई समर्थन गर्नेछ। साथै यस मेकानिकल किबोर्डलाई एकै साथ धेरै यन्त्रहरूसँग जोड्न सकिने र विभिन्न उपयोग परिदृश्यहरूको लागि फ्लेक्सिबल पनि भएकाले उल्लेख गरिएको छ।

त्यसैगरी प्रयोगकर्ताहरूले एफएन प्लस डीईएल कम्बीनेसन प्रयोग गरेर किबोर्डको ब्याकलाइटिङ इफेक्टहरू कस्टमाइज (अनुकूलित) गर्नसक्ने छन्। किबोर्डमा छनोट गर्नका लागि आठ ओटा फरक मोडहरू उपलब्ध भएको र यसमार्फत प्रयोगकर्ताहरूले आफूलाई मनपर्ने शैलीसँग मेल खाने वा विभिन्न उपयोग अवस्थाहरूमा अनुकूलन गर्न अनुमति दिने उल्लेख गरिएको छ।

लेनोभो योगा के७ मेकानिकल किबोर्डले ४९ दिनसम्मको प्रभावशाली ब्याट्री लाइफ प्रदान गर्ने बताइएको छ। प्रयोगमा नभएको बेला किबोर्डले पावर बचत गर्न स्मार्ट स्लीप मोडमा प्रवेश गर्ने उल्लेख गरिएको छ।

प्रकाशित: १३ जेष्ठ २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei empowers Nepal’s green energy future with launch of FusionSolar9.0 Smart PV Solution

  • Technology Khabar
  • १३ जेष्ठ २०८०, शनिबार