बलिउड सुपरस्टार शाहरुख खान भए रियलमी स्मार्टफोनको ब्रान्ड एम्बेसडर

Technology Khabar १९ बैशाख २०८०, मंगलवार

काठमाडौं ।

रियलमीको भारतीय शाखाले बलिउड सुपरस्टार शाहरुख खान (एसआरके) लाई स्मार्टफोन श्रेणीको ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको बताएको छ।

“एसआरके जसलाई किंग खान पनि भनिन्छ, लाई कम्पनीले साइन गरेको छ, किनभने उनले रियलमीको स्पिरिटलाई आफ्नो उल्लेखनीय यात्रा र क्यारिज्म्याटिक व्यक्तित्वकोसाथ मूर्तरूप दिएका छन्, तथा यसले प्रयोगकर्ताहरूलाई अग्रगामी अनुभव प्रदान गर्ने रियलमीको प्रतिबद्धताको प्रतिनिधित्व गर्दछ,” कम्पनीले भनेको छ।

पाँच वर्ष पुरानो ब्रान्डले एसआरकेसँग जोडिएर युवाहरूको आकांक्षा र महत्वाकांक्षासँग मेल खाने शक्तिशाली, स्टाइलिश र युवा उन्मुख स्मार्टफोनहरू प्रदान गर्नमा आफ्नो फोकस देखाउँदै गरेको पनि कम्पनीले बताएको छ।

एसआरकेले समर्थन गर्ने पहिलो रियलमी उत्पादनहरू रियलमी ११ प्रो र रियलमी ११ प्रो प्लस रहेको बताइएको छ, जुन केही हप्ता अघि चीनमा प्रस्तुत गरिएको तथा जून महिनामा भारत लगायत अन्तर्राष्ट्रिय बजारहरूमा अनावरण गर्न तयार भएको बताइएको छ।

आफ्नो नम्बर सीरीज स्मार्टफोनहरूको लागि बलिउड अभिनेतासँग रियलमीले साझेदारी गरेको यो पहिलो पटक भने  होइन। आफ्नो नम्बर सीरीज स्मार्टफोनहरूको लागि बलिउड अभिनेतासँग रियलमीले समय-समयमा साझेदारी गर्दै आएको छ।

सन् २०२० मा, रियलमीले सलमान खानसँग रियलमी ६ लाइनअपको लागि सहकार्य गरेको थियो भने यसले बलिउड अभिनेत्री श्रद्धा कपूरलाई पनि आफ्ना केही एआईओटी उत्पादनहरूको लागि जोडेको बताइएको छ।

प्रकाशित: १९ बैशाख २०८०, मंगलवार

तपाइको प्रतिक्रिया