क्याननले स्मार्टफोन निर्मातासँग साझेदारी गर्न खोज्दै

  • Technology Khabar | ८ जेष्ठ २०८०, सोमबार
क्याननले स्मार्टफोन निर्मातासँग साझेदारी गर्न खोज्दै

काठमाडौं ।

विगतमा स्मार्टफोन र क्यामरा निर्माताहरू बीच धेरै सहकार्यहरू देखिएको छ। त्यसै कारणले गर्दा टिपस्टर डिजिटल च्याट स्टेसनकाअनुसार प्रसिद्ध क्यामरा ब्रान्ड क्याननले स्मार्टफोन निर्मातासँग साझेदारी गर्न खोजिरहेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

यसअघि ओप्पो/वनप्लस ह्यासलब्लाड, भिभो जाइस र शाओमी लाइकाहरुले जोडी बनाएर सहकार्य गरेका छन् भने क्याननको साझेदारीका लागि एप्पल, सामसङ, ह्वावे, असुस, गुगल, रियलमी, अनर, सोनी र मोटोरोला सम्भावित उम्मेदवारहरूको रूपमा रहेको बताइएको छ।

चीनमा अवस्थित डीसीजीबाट यस सहकार्यको बारेमा चर्चा आएको हुनसक्ने बताइएको छ। त्यसैगरी रियलमी, अनर वा ह्वावे जस्ता चीनमा आधारित कम्पनीहरुबाट पनि उक्त अफवाहहरु आएको हुनसक्ने बताइएको छ।

प्रकाशित: ८ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...