सामसङद्वारा १२ एनएम–क्लास ईयूभीमा आधारित डीडीआर ५ र्यामको बृहत उत्पादन सुरु

  • Technology Khabar | ६ जेष्ठ २०८०, शनिबार
सामसङद्वारा १२ एनएम–क्लास ईयूभीमा आधारित डीडीआर ५ र्यामको बृहत उत्पादन सुरु

काठमाडौं ।

सामसङले उद्योगको अग्रगामी १२–न्यानोमिटर (एनएम) क्लास प्रोसेस टेक्नोलोजी प्रयोग गरी आफ्नो १६ जीबी डीडीआर५ डीआरएएमको मास प्रोडक्सन सुरु गरेको छ। साथै यो उपलब्धि अघिल्लो वर्षको डिसेम्बरमा गरिएको प्रारम्भिक घोषणा पछि आएको हो।

यस उत्पादन प्रक्रियाले उन्नत मल्टि–लेयर एक्सट्रिम अल्ट्रभोइलेट (ईयूभी) लिथोग्राफी समावेश गर्दछ भने यसले उद्योगमा उच्चतम डाइ डेन्सिटि स्थापना गर्ने गीज्मोचाइनामा उल्लेख गरिएको छ। फलस्वरूप यस प्रविधिले वेफर उत्पादकतामा २० प्रतिशत वृद्धि गर्नेछ।

त्यसै गरी अघिल्लो पुस्ताहरूको तुलनामा यस डीडीआर ५ डीआरएएमले २३ प्रतिशत सम्मको पावर खपतमा उल्लेखनीय कमी देखाउने बताइएको छ। आफ्नो इको फ्रेन्डली अपरेसनहरू बढाउने लक्ष्य राखेका विश्वव्यापी आईटी कम्पनीहरूका लागि यस समाधानले एकदमै उपयुक्त बनाउने सामसङले दाबी गरेको छ।

नयाँ हाइ–के सामग्रीको उपयोगले सेल क्यापासिट्यान्स (क्षमता) बढाउनलाई योगदान पुर्याउने छ। सुधारिएको क्षमताले डाटा सिग्नल्समा महत्त्वपूर्ण इलेक्ट्रिक पोटेन्सियल भिन्नताको परिणाम दिने र तिनीहरू बीचको थप सटीक भिन्नतालाई सहजता बनाउने छ।

डीडीआर५ डीआरएएमले ७.२ गीगाबिट्स प्रति सेकेन्ड (जीबीपीएस) को गति प्रदान गर्ने दाबी गर्दछ। यसले केवल एक सेकेन्डमा दुई ओटा ३०–गीगाबाइट (जीबी) अल्ट्रा–हाइ–डेफिनिसन चलचित्रहरू प्रोसेस (प्रशोधन) गर्न सक्ने बताइएको छ। यो असाधारण गतिले डाटा सेन्टरहरू, आर्टिफिसियल इन्टेलिजेन्स र नेक्स्ट जेनेरेसन कम्प्युटिङ लगायतका एप्लिकेसनहरूको विस्तारित लाइनलाई समर्थन गर्नको लागि प्रविधिलाई स्थान दिने उल्लेख छ।

गत वर्षको डिसेम्बरमा एएमडीसँग अनुकूलताको लागि आफ्नो १६–गीगाबिट डीडीआर५ डीआरएएम को मूल्याङ्कन पूरा गरेको सामसङले अर्को पुस्ताको डीआरएएम बजारमा नवीनता ल्याउनको लागि विश्वव्यापी आईटी कम्पनीहरूसँग सहकार्य गर्न जारी राखेको छ।

प्रकाशित: ६ जेष्ठ २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार