आगामी आईफोन १५ प्रो र १५ प्रो म्याक्स बीच ठूलो भिन्नता हुने

  • Technology Khabar | ५ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं ।

एप्पलले यस वर्षको अन्त्यमा आफ्नो सेप्टेम्ब फल इभेन्टमा आईफोन १५ सिरिज लन्च गर्दैछ। अघिल्ला केही वर्षहरु जस्तै यस सिरिजमा पनि चार मोडल हुन सक्छन्ः किफायती आईफोन १५, आईफोन १५ प्लस र एडभान्स फिचर भएका प्रो मोडलहरु आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स।

२०२३ आईफोन सिरिजको सबैभन्दा ठूलो परिवर्तन भनेको यूएसबी टाइप–सी चार्जिङ पोर्टले लाइटनिङ पोर्ट प्रतिस्थापन गर्नेछ।

तर, आश्चर्य त्यहाँ समाप्त हुँदैन। नयाँ अफवाह अनुसार, एप्पलले यो वर्ष आईफोन १५ प्रो म्याक्स मोडलमा पेरिस्कोप लेन्स सिमित गरिनेछ। लिकस्टर अननोनजेड२१ ले पेस्किोप लेन्स विशेष रुपमा आईफोन १५ प्रो म्याक्समा उपलब्ध हुने दाबी गरेका छन्।

सामान्यतया, प्रो भेरियन्ट ब्याट्री लाईफ र डिस्प्ले साइजको सन्दर्भमा प्रो म्याक्स मोडेलबाट भिन्न हुन्छ। लगभग सबै अन्य फिचरहरु समान छन्। तर २०२३ को प्रो मोडलमा परिवर्तनको रुपमा पेरिस्कोप लेन्स सिमित गरिनेछ। सक्छ।

भरपर्दो एप्पल विश्लेषकले भर्खरै एउटा ब्लग पोस्टमा यो पनि भने कि एप्पलले पेरिस्कोप लेन्सलाई यो वर्ष आईफोन १५ प्रो म्याक्समा सीमित गर्न सक्छ। यो अर्को वर्ष आईफोन १६प्रो मा आउनेछ।

यसैबीच म्याकरुमर्सको भर्खरको रिपोर्ट अनुसार लो एण्ड आईफोन १५ र आईफोन १५ प्लस मोडल ४८ मेगापिक्सेलको मुख्य क्यामरा सहित आउनेछ। हाल उपलब्ध आईफोन १४ र आईफोन प्लसमा १२ मेगापिक्सेलको मुख्या क्यामरा छ भने आईफोन १४ प ्रो र १४ प्रोमा भने ४८ मेगापिक्सेलको मुख्य क्यामरा छ।

प्रकाशित: ५ जेष्ठ २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार