एप्पलले “स्पेशल इभेन्ट” मार्फत एआर/भीआर हेडसेट लन्च गर्ने

  • Technology Khabar | ५ जेष्ठ २०८०, शुक्रबार
एप्पलले “स्पेशल इभेन्ट” मार्फत एआर/भीआर हेडसेट लन्च गर्ने

काठमाडौं ।

एप्पलको वर्ल्डवाइड डेभलपर कन्फरेन्स (डब्ल्यूडब्ल्यूडीसी) मुख्यतया डेभलपर्स (विकासकर्ताहरू) मा लक्षित गरिएको एक सम्मेलन भएको बताइएको छ। यस बाहेक पनि कम्पनीले विभिन्न इभेन्टहरु आयोजना गर्ने गर्दछ।

यस वर्ष पनि जून ५ तारिखमा रहस्यमय ढङ्गले शीर्षक प्रदान गरिएको “स्पेशल इभेन्ट एट एप्पल पार्क” नामक विशेष कार्यक्रम एप्पल पार्कमा आयोजना गरिने बताइएको छ।

एप्पलले यस बारेमा केहि पुष्टि नगरेको तर एप्पलले एक्सआरओएससँग केहि गर्न सक्ने सम्भावना रहेको उल्लेख छ। सफ्टवेयर प्लेटफर्म एक्सआरओएसले एप्पलको मिक्स्ड रियालिटी हेडसेट र हेडसेट आफैँलाई (पावर) शक्ति प्रदान गर्ने बताइएको छ। त्यसैगरी पछिल्लो रिपोर्टहरूमा उक्त हेडसेट आगामी जून महिनामा लन्च गर्न ट्र्याकमा रहेको र केही विश्लेषकहरूले यसले सम्पूर्ण एआर/भीआर उद्योगलाई बुस्ट गर्न सक्ने विश्वास गरेको उल्लेख छ।

एप्पल रियालिटी प्रो सबैभन्दा शक्तिशाली एक्सआर हेडसेट मध्ये एक हुने अपेक्षा गरिएको छ भने यसको मूल्य पनि तदनुसार नै हुनेछ। यस हेडसेटमा सोनीको माइक्रो ओएलईडी डिस्प्ले, टीएसएमसीद्वारा फ्याब्ड डुअल प्रोसेसरका साथै १२ क्यामरा र एक्सटर्नल पावर सप्लाई रहने बताइएको छ। यस हेडसेटको मूल्य ३,००० डलर पर्ने अनुमान गरिएको छ।

त्यसै कारणले गर्दा उक्त हेडसेट मनोरञ्जन प्रयोगकर्ताहरूको लागि भन्दा पनि पेशेवरहरूलाई लक्षित गरिने बताइएको छ। त्यसैगरी यस वर्षको अन्त्यदेखि हेडसेटको बिक्री गरिने अपेक्षा गरिएको छ।

प्रकाशित: ५ जेष्ठ २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...