स्याटेलाइटमार्फत आकस्मिक एसएमएस पठाउने एप्पलको सेवा अष्ट्रेलिया र न्यूजील्याण्डमा उपलब्ध

Technology Khabar २ जेष्ठ २०८०, मंगलवार

काठमाडौं ।

गत वर्ष रिलिज गरिएको एप्पलको नयाँ आईफोन १४ र १४ प्रो सिरिज स्मार्टफोनहरूमा कम्पनीले स्याटेलाइट मार्फत इर्मजेन्सी एसओएस फिचर (स्याटेलाइट मार्फत आपतकालीन एसएमएस पठाउने) समावेश गरेको थियो।

कम्पनीले फिचर रोलआउट गर्न थालेपछि उक्त फिचरलाई हाल अन्य क्षेत्रहरूमा पनि विस्तार गर्न केन्द्रित रहेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

विकासको पछिल्लो अवस्थाका अनुसार आईओएस १६.१ वा पछिको संस्करण चलाउने एप्पल आईफोन १४ र आईफोन १४ प्रो का प्रयोगकर्ताहरूको लागि अष्ट्रेलिया र न्यूजील्याण्डमा स्याटेलाइट फिचर मार्फत आपतकालीन एसओएस लन्च गरिएको छ।

थप दुई देश थपिएसँगै अब यो सेवा अमेरिका, बेलायत, अस्ट्रिया, बेल्जियम, क्यानडा, फ्रान्स, जर्मनी, आयरल्याण्ड, इटाली, लक्जमबर्ग, नेदरल्याण्ड, पोर्चुगल, अष्ट्रेलिया र न्युजिल्यान्ड गरी १४ देशमा उपलब्ध भएको छ।

अन्य कुनै प्रकारको थप हार्डवेयर वा अतिरिक्त सफ्टवेयर बिना नै सेलुलर नेटवर्क वा वाईफाई कनेक्सन उपलब्ध नभएको बेलामा पनि यस फिचर मार्फत प्रयोगकर्ताहरूले आपतकालीन सेवाहरूमा टेक्स्ट मेसेज (सन्देश) हरू पठाउन सक्नेछन्।

प्रयोगकर्ताले यस नयाँ फिचरको मार्फत आपतकालीन सेवालाई सम्पर्क गरेपछि यसले प्रयोगकर्ताको हालको स्थान र सहयोगको आवश्यकता परेको भन्ने सन्देश पठाउने उल्लेख गरिएको छ। यस फिचरले कुनै रूखहरू, भवनहरू, आदि जस्ता अवरोधहरू नभएको र आकाश स्पष्ट  देखिने बाहिरी खुला ठाउँहरूमा मात्र काम गर्दछ।

हालको लागि इर्मजेन्सी एसओएस भिया स्याटेलाइट (स्याटेलाइट मार्फत आपतकालीन एसओएस) आईफोन १४ वा आईफोन १४ प्रोमा दुई वर्षको लागि निः शुल्क सेवा भएको बताइएको छ। यद्यपी दुई वर्ष पछि भने प्रयोगकर्ताहरूले सेवा प्रयोग जारी राख्नको लागि मासिक सदस्यता शुल्क तिर्नुपर्ने उल्लेख गरिएको छ। निःशुल्क सेवा अवधि सकिएपछि एप्पलले यो सुविधाको लागि कति शुल्क लिने योजना बनाएको छ भन्ने बारेमा कुनै जानकारी छैन्।

प्रकाशित: २ जेष्ठ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया