
काठमाडौं ।
इन्फोनिटी ग्रुपले नेपाली बजारमा मिभीका दुई नयाँ इयरबड्स लन्च गर्ने भएको छ।
नेपालका लागि मिभीका आधिकारीक बितरक कम्पनीले बजेट मूल्यमा नयाँ ट्रू वायरलेस स्टेरियो (टीडब्लुएस) ल्याउने घोषणा गरेको हो।
यसमा मिभी कमाण्डो एक्स ९ र मिभी के७ डुओपड्स रहेका छन्।
कम्पनीले गुणस्तरीय उत्पादनहरु सूपथ मूल्यमा नेपाली ग्राहकहरुलाई उपलब्ध गराउने योजनाअनुसार नयाँ इयरबड्स ल्याउन लागेको जनाएको छ।
इन्फोनिटी ग्रुपले आगामी दिनमा यसको उपलब्धता र बजार मूल्यको बारेमा जानकारी दिने बताएको छ।
प्रकाशित: १ जेष्ठ २०८०, सोमबार