एक वर्ष ३० लाख मोबाइल बैंकिङ प्रयोगकर्ता थपिए, कारोबार रकम २ खर्ब माथि

  • Technology Khabar | १ जेष्ठ २०८०, सोमबार
एक वर्ष ३० लाख मोबाइल बैंकिङ प्रयोगकर्ता थपिए, कारोबार रकम २ खर्ब माथि

काठमाडौं ।

नेपालमा मोबाइल बैंकिङ र कारोबार रकम दुवै बढ्दो क्रममा रहेको देखिएको छ। नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको २०७९ चैतको मासिक भुक्तानी प्रणाली सूचक अनुसार मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ४ लाख ३४ हजार ३१ पुगेका छन्।

२०७८ चैतमा १ करोड ७३ लाख ८२ हजार ४४८ मोबाइल बैंकिङ प्रयोगकर्ता रहेका थिए थिए। एक वर्षको अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ता ३० लाख ५१ हजार ८८३ अर्थात १५.४३ प्रतिशतले बढेको छ।

प्रयोगकर्ताको संख्यामा वृद्धि भएसँगै कारोबार रकममा पनि उल्लेखनिय रुपमा बढेको छ। २०७८ चैतमा मोबाइल बैंकिङबाट १ खर्ब १५ अर्ब ३९ करोड ८० लाख रुपैयाँ कारोबार भएकोमा २०७९ चैतमा २ खर्ब ७ अर्ब ४५ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

एक वर्षको अवधिमा कारोबार रकम १५ अर्ब ६२ करोड ८० लाख रुपैयाँ अर्थात ८.१४ प्रतिशतले बढेको छ।

मोबाइल बैंकिङबाट वालेटमा टपअप गर्न सकिनुका साथै क्यूआर मार्फत भुक्तानी गर्न सकिने भएकाले पनि यसको प्रयोग बढ्दो छ। साथै बैंकहरु पनि खाता खोल्न आउने ग्राहकहरुका लागि मोबाइल बैंकिङ प्रयोग गर्न प्रोत्साहन गर्दा पनि यसको प्रभावकारिता बढ्दो क्रममा देखिएको हो।

प्रकाशित: १ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...