मोटोरोला ब्राण्ड नेपालमा भित्रियो, चार नयाँ मोडल बजारमा

  • Technology Khabar | १० कार्तिक २०७४, शुक्रबार
मोटोरोला ब्राण्ड नेपालमा भित्रियो, चार नयाँ मोडल बजारमा

काठमाडौं ।

काठमाडौँ । मोटोरोला कम्पनीले मोटो सी र मोटो ई मोडलका मोबाइल फोन नेपाली बजारमा ल्याएको छ ।

कम्पनीले एक कार्यक्रमका बीच मोटो सी र सी प्लस तथा मोटो इ फोर र इ फोर प्लस सार्वजनिक गरेको हो ।

कार्यक्रममा बोल्दै मोटोरोला मोबिलिटी प्रालिका म्यानेजिङ्ग डाइरेक्टर सुधिन माथुरले सार्वजनिक गरिएका फोन हरेक तप्काका नेपालीहरुलाई लक्षित गरेर ल्याइएको बताए ।

‘यी स्मार्टफोनमा प्रयोगकर्तालाई आवश्यक हरेक फिचर छन, त्यसमाथि यसको मूल्य हरेकको पहुँचमा छ,’ नेपालमा मोटोरोलाको व्यापार विस्तारक गर्ने योजना प्रस्तुत गर्दै माथुरले भने ।

उनका अनुसार मोटो सी र मोटो ई कम्पनीको सफल उत्पादन हो। सस्तो मूल्यमा ग्राहकले धेरैभन्दा धेरै सुविधा प्राप्त गर्नेछन्।

कार्यक्रममा लाइफकमका प्रबन्ध निर्देशक अमित अग्रवालले छिटै दुईवटा आधिकारिक आउटलेट संचालन गर्ने जानकारी दिए ।

नेपालमा भित्रिएको स्मार्टफोनमध्ये मोटो ई ४ प्लसमा ५.५ इन्च फुल एचडी डिस्प्ले, १३ मेगापिक्सेलको रियर र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा, पाँच हजार एमएएच क्षमताको ब्याट्री, फिंगर प्रिन्टलगायत सुविधा छन्। यसको बजारमूल्य २० हजार ९ सय ९० रूपैयाँ तोकिएको छ।

त्यस्तै एन्ड्रोइड ७ मा आधारित मोटो ई ४ मा ५ इन्चको एचडी डिस्प्ले, ८ मेगापिक्सेलको रियर र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ। दुई हजार आठ सय एमएएच क्षमताको ब्याट्री रहेको यो स्मार्टफोनको बजार मूल्य १६ हजार दुई सय ९० छ।

१३ हजार ९ सय ९० रूपैयाँमा बजारमा आएको कम्पनीको मोटो सी प्लसमा ५ इन्चको एचडी डिस्प्ले, ८ मेगापिक्सेलको रियर र २ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ। १.३ गिगाहर्ज क्वाडकोर प्रोसेसर रहेको स्मार्टफोनमा चार हजार एमएएच क्षमताको ब्याट्री छ। एन्ड्रोएड ७.१ मा आधारित यो स्मार्टफोन नेपाली बजारमा फाइन गोल्ड कलरमा उपलब्ध छ।

त्यस्तै १.३ गिगाहर्ज क्वाडकोर प्रोसेसर रहेको मोटो सी एन्ड्रोएड ७.१ मा आधारित छ। स्मार्टफोनमा आठ जीबी इन्टर्नल मेमोरी र दुई हजार तीन सय ५० एमएएच क्षमताको ब्याट्री छ। यो स्मार्टफानेको बजार मूल्य १० हजार नौ सय ९० रूपैयाँ तोकिएको जनाएको छ ।

यो पनि हेर्नुहोस्-

मोटोरोला मोबाइल ब्राण्ड नेपाल आउँदै, २१ हजार रुपैयाँसम्मका स्मार्टफोन ल्याउने

 

प्रकाशित: १० कार्तिक २०७४, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

नाडा ‘ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

  • Technology Khabar
  • १० कार्तिक २०७४, शुक्रबार