
काठमाडौं ।
भारतीय स्मार्ट वेयरेबल्स बजारले गत वर्षको तुलनामा २०२३ को पहिलो त्रैमासिकमा ढुवानीतर्फ ८०.९ प्रतिशतको ठूलो वृद्धि हासिल गरेको छ।
आईडीसीको एक रिपोर्टका अनुसार भारतमा जनवरीदेखि मार्च महिनासम्ममा २५ मिलियन भन्दा बढी वेयरेबल्स ढुवानी गरिएको छ।
स्मार्टवाचहरूले ढुवानीमा लगभग १८० प्रतिशतको वृद्धि देखेको र बेसिक स्मार्टवाच कुल खण्डको ९८ प्रतिशत भएको बताइएको छ। गत वर्षको तुलनामा इयरवेयरमा पनि ४८.५ प्रतिशतले वृद्धि भएको र त्यसमा टीडब्ल्यूएस इयरबड्सले लगभग ६४ प्रतिशत ओगटेको उल्लेख गरिएको छ।
केवल रिस्टब्यान्ड स्मार्ट वेयरेबलको ढुवानीमा भने लगभग ८७ प्रतिशतको गिरावट आएको बताइएके छ। रिस्टब्यान्ड स्मार्ट वेयरेबल २५९ मिलियन बाट ३४ मिलियन युनिट मात्र ढुवानी भएको छ।
आईडीसीको नम्बर (संख्या) अनुसार बोटको २५.६ प्रतिशतसहितको सबैभन्दा ठूलो शेयर रहेको र यसको ढुवानी वार्षिक आधारमा दोब्बर भन्दा बढी भएको उल्लेख गरिएको छ। त्यसैगरी वेयरेबल्स बजारको दोस्रो स्थानमा रहेको बोल्टले १२.४ प्रतिशत ओगटेको छ भने नोइज ११.९ प्रतिशतसहित तेस्रो स्थानमा रहेको छ। साथै बोल्ट अडियो ९.३ प्रतिशत र ओप्पो (वनप्लस सहित) ४.७ प्रतिशतसहित क्रमशः चौथो र पाँचौ स्थानमा रहेको उल्लेख गरिएको छ।
प्रकाशित: ३० बैशाख २०८०, शनिबार