ग्लोबल ट्याब्लेट बजारमा एप्पलले सामसङलाई हरायो

  • Technology Khabar | २६ बैशाख २०८०, मंगलवार
ग्लोबल ट्याब्लेट बजारमा एप्पलले सामसङलाई हरायो

काठमाडौं ।

उपभोग्य इलेक्ट्रोनिक्समा प्रतिस्पर्धा बलियो हुँदै गइरहेको छ। एप्पल, सामसङ, शाओमी र ओप्पो जस्ता धेरै ब्रान्डहरू स्मार्टफोन र समान उत्पादनहरूका साथ धेरै प्रयोगकर्ताहरूसम्म पुग्नका लागि कडा प्रतिस्पर्धा गरिरहेका छन्।

बजार प्रतिस्पर्धाको बारेमा निरन्तर रिपोर्ट तयार पार्ने गरेको इन्टरनेशनल डाटा कर्पोरेशन (आईडीसी)ले हालै सन् २०२३ को पहिलो त्रैमासिकको ग्लोबल ट्याब्लेटको ढुवानी सम्बन्धी प्रतिवेदन प्रकाशित गरेको छ। उक्त प्रकाशित प्रतिवेदनका अनुसार एप्पलले सामसङलाई प्रतिस्पर्धामा पछाडि पारेको छ।

पहिलो त्रैमासिकमा ग्लोबल ट्याब्लेट ढुवानी १९.१ प्रतिशतले घट्यो

विश्वव्यापी ट्याब्लेट ढुवानीले २०२३ को पहिलो त्रैमासिक (क्यू१) मा स्पष्टरुपमा १९.१ प्रतिशत वार्षिक दरको गिरावट आएको र त्यसको मात्रा ३०.७ मिलियन युनिट्स (एकाइ) भएको आईडीसीले बताएको छ। साथै यस पटकको यो कटौतीले २०१९ को पहिलो त्रैमासिकमा ३०.१ मिलियन युनिट्स (एकाइ) र २०१८ पहिलो त्रैमासिकमा ३१.६ मिलियन युनिट्स (एकाइ) भएको पूर्व–महामारीको ढुवानी मात्राको प्रतिबिम्बित गरेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

सम्पूर्ण प्रमुख ट्याब्लेट विक्रेताहरूले २०२३को पहिलो त्रैमासिक (क्यू१)मा गिरावटको अनुभव गरेको बताइएको छ। ट्याब्लेट बजारको लगभग ५८ प्रतिशत ओगटेर एप्पल र सामसङले आफ्नो प्रभुत्व कायम राखेका छन्। त्यसैगरी ह्वावे तेस्रो स्थानमा उक्लिएको छ भने लेनोभो र अमेजन क्रमशः चौथो र पाँचौं स्थानमा रहेका छन्।

आईडीसीका मोबिलिटी र कन्ज्युमर डिभाइस ट्र्याकर्सका रिसर्च म्यानेजर जितेश उब्रानीले ट्याब्लेटको ढुवानीमा आएको गिरावटको बाबजुद पनि आशावादी रहेको बताएका छन्। उनले विक्रेताहरूबाट बढ्दो चासो र विशेष गरी गुगलको पुनः प्रवेशले सम्भावित रूपमा एन्ड्रोइडको ट्याब्लेट एक्सपेरियन्सलाई बढाउनुका साथै ट्याब्लेटहरूलाई स्मार्ट होम सिस्टममा इन्टिग्रेट गर्न सक्ने टिप्पणी गरेका छन्।

प्रकाशित: २६ बैशाख २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...