Technology Khabar १ कार्तिक २०७४, बुधबार
काठमाडौं ।
काठमाडौं, १ कात्तिक । चीनियाँ स्मार्टफोन मेकर कम्पनी जाबोमीले (Xiaomi) आफ्नो बजेट स्मार्टफोन रेडमीको नयाँ भर्सन सार्वजनिक गरेको छ । कम्पनीले रेडमी ५ए (Redmi 5A) घरेलु बजारमा सार्वजनिक गरेको हो, जून रेडमी फोर ए को सक्सेसर फोन हो ।
नयाँ रेडमी ५ ए मा मेटल जस्तै म्याट बडी राखेको छ जून हेर्दा मेटल जस्तै देखिन्छ । यो स्मार्टफोनको महत्वपूर्ण विशेषता भनेको यसको ब्याट्री क्षमता हो । कम्पनीले यो स्मार्टफोनको ब्याट्री ८ दिनसम्म प्रयोग गर्न सकिने दाबी गरेको छ । यसमा ३,००० एमएएचको ब्याट्री रहेको छ।
कम्पनीले यसलाई निकै सस्तो मूल्यमा सार्वजनिक गरेको छ । चीनियाँ बजारमा यसको मूल्य ५९९ यूआन अर्थात करिब ९१ अमेरिकी डलर तोकिएको छ । यो एन्ड्रोयड फोनहरुमध्ये निकै सस्तो मूल्यको फोन हो ।
यो बजेट फोनमा ५ इन्चको एचडी स्क्रीन राखिएको छ जसको रिजोल्यूशन ७२०x१२८० पिक्सेल रहेको छ । फोनमा १.४ गीगाहर्जको क्वाड कोर क्वालकम स्न्यापड्रागन ४२५ प्रोसेसर प्रयोग गरिएको छ भने यसमा २ जीबीको र्याम र १६ जीबीको आन्तरिक स्टोरेज रहेको छ । यसको स्टोरेजलाई बढाएर १२८जीबीसम्म पुर्याउन सकिन्छ । यसको लागि हाईब्रिड ड्यूल सिम कार्ड स्लट राखिएको छ ।
फोटोका लागि यसमा १३ मेगापिक्सेलको रियर क्यामरा राखिएको छ भने ५ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ । यसको क्यामरा एचडी क्वालिटीको भिडियो समेत खिच्न सक्दछ ।
यो फोन रेडमी फोर ए को सक्सेसर भएपनि यसमा कुनै विशेष किसिमको अपग्रेड भने गरिएको छैन् ।
यो स्मार्टफोन हाल चीनमा मात्र प्रि अर्डरका लागि उपलब्ध छ । यसमा फोरजी भीओएलटिई, जीपीआरएस, वाईफाई लगायतका अप्सन रहेको छ ।
प्रकाशित: १ कार्तिक २०७४, बुधबार