
काठमाडौं ।
माइक्रोसफ्टले केही समय देखि विन्डोज ११ मा नयाँ फिचर परीक्षण गरिरहेको छ। नयाँ अपडेटका साथ माईक्रोसफ्टले ८५ बजारहरु र ३९ विभिन्न भाषाहरुमा अपडेट रोलआउट गर्ने भएको छ।
आईओएसको लागि यो फोन लिङ्क रहेको उल्लेख गरिएको छ। एकपटक अपडेट पाईसकेपछि आफ्नो आईफोन लाई विन्डोज ११ मा जडान गर्न सकिनेछ। त्यसपश्चात आफ्ना सबै फोनकल, म्यासेज र नोटिफिकेसनहरु प्रत्यक्ष आफ्नो ल्यापटप तथा पर्सनल कम्प्युटरमा देख्न सकिने उल्लेख गरिएको छ। यसले गर्दा आफ्ना उक्त म्यासेजहरु विन्डोज उपकरणमा देख्न सकिने बताइएको छ।
यद्दपि यो सुविधा परीक्षण चरणमै भएको र माइक्रोसफ्टले यसलाई विभिन्न चरणमा रोलआउट गर्ने भएकाले तत्काल विन्डोज ११ उपकरणमा देख्न नसकिने बताइएको छ। यतिबेला सिमित संख्याका प्रयोगकर्ताले मात्र आईओएस लागि फोन लिङ्क हेर्न सक्षम हुने र केही समयपछि सबै प्रयोगकर्ताहरुले प्राप्त गर्ने उल्लेख गरिएको छ।
नयाँ विन्डोज ११ सुविधा प्राप्त गर्नका लागि फोन लिङ्क एप ईन्स्टल गर्दा नयाँ अप्सन हेर्नुपर्नेछ। उक्त एपले अब आईफोनलाई पर्सनल कम्प्युटरमा जडान गर्न अनुमति दिनेछ। यसअघि एपले एन्ड्रोइड उपकरणहरुमा मात्र काम गर्ने गरेको बताइएको छ। यद्दपि यस फिचरका लागि आईफोन आईओएस १४ या माथिल्लो संस्करणमा आवश्यक पर्छ।
माइक्रोसफ्टले सबै विन्डोज ११ प्रयोगकर्ताहरुले यस फिचर प्राप्त गर्नका लागि मेको मध्यसम्ममा कुर्नुपर्ने बताइएको छ।
प्रकाशित: २० बैशाख २०८०, बुधबार