दोलखाको पहिलो सेक्यूरिटी अडिट गर्ने सहकारी बन्यो जनसचेतन बचत तथा ऋण सहकारी

  • Technology Khabar | १७ बैशाख २०८०, आईतवार
दोलखाको पहिलो सेक्यूरिटी अडिट गर्ने सहकारी बन्यो जनसचेतन बचत तथा ऋण सहकारी

काठमाडौं ।

जनसचेतन बचत तथा ऋण सहकारी दोलखा जिल्लाको पहिलो सेक्यूरिटी अडिट गर्ने सहकारी बनेको छ।

जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले डिजिटल डेटालाई सुरक्षित राख्न र प्रणालीमा रहेका जोखिम पहिचान, जोखिमको वर्गिकरण गरी ह्याक हुनबाट रोक्न तथा उक्त जोखिमले भविष्यमा निम्त्याउन सक्ने खतरालाई न्यूनिकरण गर्नका लागि सेक्युरिटी अडिट गरको हो।

सूचना प्रविधि प्रणालीको सुरक्षा गर्न संस्थागत संरचना निर्माण एवं क्षमता अभिबृद्धि गर्दै प्रविधि र जनशक्तिको संयोजनबाट सूचना प्रविधि प्रणालीमा हुन सक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गर्न सुरक्षा अडिट गर्ने कार्य प्रारम्भ गरेको सहकारी संस्थाका प्रमुख कार्यकारि अधिकृत नवराज दाहालले बताए।

जनसचेतन बचत तथा ऋण सहकारी संस्था दोलखाको पहिलो सेक्यूरिटी अडिट गर्ने सहकारी भएको वनकभर प्रालिका ईन्फरमेशन सेक्यूरिटी अडिटर चिरन्जिबी अधिकारीले जानकारी दिए।

प्रकाशित: १७ बैशाख २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...