अदालती काम कारबाही भर्चुअलबाट

  • Technology Khabar | १७ बैशाख २०८०, आईतवार
अदालती काम कारबाही भर्चुअलबाट

काठमाडौं ।

अछाम जिल्ला अदालतले उच्च अदालत दिपालयमा रहेका मुद्दाहरूको सम्बन्धमा भर्चुअल नाध्यमबाट अदालती काम कारबाही सुरु गरेको छ।

इन्टरनेटसहितको प्रविधिमा श्रव्यदृश्यबाट मुद्दाहरूको बकपत्र र बहस अछाम जिल्ला अदालतबाटै हुन थालेको अदालतका श्रेस्तेदार एवं उपसचिव शंकरप्रसाद अधिकारीले जानकारी दिए।

“यसअधि मुद्दावाल र वकिल उच्च अदालत दिपायल नै जानुपर्ने बाध्यता थियो तर अहिले भिडियोबाट मुद्दाका बारेमा यतैबाट बहस हुन्छ,” श्रेस्तेदार अधिकारीले भने।

१० वटा मुद्दाको बहस अछामबाटै भर्चुअल माध्यमबाट भएको छ। “एकै मुद्राको पाँच पटक उच्च अदालत जानुपर्ने अवस्था थियो तर भर्चुअलबाट बहस भएपछि उता जान परेन,” सेस्तेदार अधिकारीले भने।

पीडित वा पीडकले सम्बन्धित अदालतमा आएर बकपत्र गर्ने र वकिलले भने आफ्नै कार्यकक्ष वा घरबाटै भर्चुअल बहस गर्ने व्यवस्था गरिएको उच्च अदालत दिपायलका प्रवक्ता नरबहादुर नेगीले जानकारी दिए।

यस्तै श्रव्यदृश्य सामग्री अछाम कारागारमा समेत जडान गरिएकाले कैदीबन्दीले अदालतमा भएको बहसको दृश्य कारागारबाटै हेर्न र सुन्न सक्ने व्यवस्था गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा अछाम अदालतमा श्रव्यदृश्य संवाद हुने भएपछि पीडित, पीडिक, सम्बद्ध वकिल र अदालतलाई उच्च अदालत पुग्नैपर्ने बाध्यता हटेको छ।

श्रव्यदृश्य संवादको थालनी भएपछि मुद्दाको सामान्य कामका लागि पनि उच्च अदालत दिपायल जानुपर्ने बाध्यता हटेको अधिवक्ता मात्रिकाप्रसाद भण्डारीले बताए। श्रव्यदृश्य संवादबाट अदालती काम हुन थालेपछि समय र आर्थिक बचत भएकाले सामान्य नागरिकलाई सहज भएको अधिवक्ता भण्डारीको भनाइ छ।

मुद्दामा व्यस्तता र कामको संवेदनशीलताका आधारमा सम्बन्धित अदालतबाटै बकपत्र गर्ने गरेको बताइएको छ । उच्च अदालत दिपायलले श्रव्यद्दृश्य संवादसम्बन्धी कार्यविधि बनाएको छ।

सुदूरपश्चिममा मात्र अदालती कानमा श्रव्यदृश्य संवादको काम भइरहेको उच्च अदालतका प्रवक्ता नेगीको भनाइ छ। अछाम जिल्ला अदालतको वैतनिक वकिल बस्ने कोठामा श्रव्यदृश्य संवाद कक्ष राखिएको छ। गोरखापत्रबाट

प्रकाशित: १७ बैशाख २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...