
काठमाडौं ।
भारतीय टेलिकम सेवा प्रदायक रिलायन्स जियोले बिहीबार उत्तराखण्डको चारधाम यात्राका क्षेत्रहरूमा फाइभजी सेवाहरू सुरु गर्ने घोषणा गरेको छ।
रिलायन्स जियोले एक विज्ञप्तिमा बद्रीनाथ-केदारनाथ मन्दिर समिति (बीकेटीसी) का अध्यक्ष अजेन्द्र अजयले बद्रीनाथमा ट्रु ५जी सेवा सुरु गरेको बताएको छ। हालै बद्रीनाथ धामको ढोका पनि खुलेको छ।
बद्रीनाथ बाहेक केदारनाथ, यमुनोत्री र गंगोत्री धाम पनि चारधामको यात्रामा सामेल छन्।
कम्पनीले केदारनाथ, बद्रीनाथ, यमुनोत्री र गंगोत्री धामको यात्रा गर्दा देश भरबाट चारधाम यात्रामा आउने भक्तजनहरूले जियोको ५जी नेटवर्कमा कनेक्ट गरी अत्याधुनिक टेलिकम सेवाको फाइदा लिन सक्ने बताएको भारतीय मिडिया एनडीटीभीले रिपोर्ट गरेको छ।
सो अवसरमा जारी सन्देशमा भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले उत्तराखण्डको डिजिटल परिदृश्यमा आमूल परिवर्तन ल्याएकोमा जियोलाई धन्यवाद दिँदै फाइभजी सेवाको सुरुवातसँगै लाखौं भक्तजनले उच्च गतिको डाटा नेटवर्कबाट लाभ लिन सक्ने बताए।
प्रकाशित: १७ बैशाख २०८०, आईतवार