
काठमाडौं ।
शाओमीको उप–ब्रान्ड रेडमीले रेडमी नोट १२आर प्रोलाई अप्रिल २९मा आफ्नो रेडमी नोट १२ सिरिजमा नयाँ सदस्य रुपमा थप्ने घोषणा गरेको छ।
कम्पनीले रेडमी नोट १२आर प्रोको डिजाइन र रङ्ग विकल्पहरू प्रकट गर्ने पोस्टर पनि साझा गरेको छ। उक्त ईमेजमा स्मार्टफोनको पछाडिको भाग देखाइएको र फोनमा आयताकार क्यामरा टापुमा दुईवटा क्यामरा र एलईडी फ्ल्यास राखिएको उल्लेख गरिएको छ। मुख्य क्यामरामा ४८एमपी सेन्सर प्रयोग गरिएको छ भने सेकेण्डरी क्यामराको बारेमा पुष्टि गर्न बाँकी रहेको बताइएको छ। यद्यपि म्याक्रो युनिट वा डेफ्थ सेन्सर सेकेण्डरी क्यामराको रुपमा हुन सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ।
रेडमी नोट १२आर प्रोको दायाँ–साइड फ्रेममा भोल्युम रकर र पावर बटन रहेका छन्। साथै यस स्मार्टफोनले सामसङ–निर्मित ओएलईडी स्क्रिन प्याक गरेको भए तापनि रेडमी नोट १२ लाइनअपका कुनै अन्य स्मार्टफोनहरुले इन–डिस्प्ले फिंगरप्रिन्ट रिडर प्रयोग नगरेको र यस फोनमा फिङ्गरप्रिन्ट स्क्यानरको हुन सक्ने बताइएको छ।
रेडमी नोट १२आर प्रो ५जी केनेक्टिभिटीका साथ आउने र यसमा १२जीबी र्याम र २५६जीबी स्टोरेज अनबोर्ड हुने उल्लेख गरिएको छ। साथै फोनमा थप मेमोरी विकल्पहरू पनि हुन सक्ने सम्भावना रहेको तर त्यसको बारेमा पुष्टि हुन भने बाँकी रहेको छ।
रेडमी नोट १२आर प्रो आगामी अप्रिल २९ मा चीनमा स्थानीय समय अनुसार बिहान १० बजे बिक्री सुरु गरिने भएको छ। यस फोनको अन्य स्पेसिफिकेशन, फिचर्स र मूल्य निर्धारणको बारेमा भने अप्रिल २९ मै थाहा पाउनेछौं भनी जीएसएमएरिनामा उल्लेख गरिएको छ।
प्रकाशित: १६ बैशाख २०८०, शनिबार