२०२३ को पहिलो त्रैमासिकमा २७ करोड स्मार्टफोन ढुवानी

  • Technology Khabar | १५ बैशाख २०८०, शुक्रबार
२०२३ को पहिलो त्रैमासिकमा २७ करोड स्मार्टफोन ढुवानी

काठमाडौं ।

विश्वव्यापी स्मार्टफोनको ढुवानी २०२३ को पहिलो त्रैमासिकमा घटेको छ। क्यानासिलको पछिल्लो रिपोर्टका अनुसार जनवरी–मार्चको अवधिमा २६९.८ मिलियन यूनिट स्मार्टफोन ढुवानी भएको छ।

यो संख्या गत वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशत कम हो। अधिक स्टक र सीमित उपभोक्ता माग लगायतका मिश्रित कारणले विगतको त्रैमासिकमा देखिएको नकारात्मक प्रवृत्ति जारी रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

सामसङले पहिलो त्रैमासिकमा ६०.३ मिलियन स्मार्टफोन ढुवानी गरेकार २२ प्रतिशत मार्केट सेयर ओगटेको छ। सामसङ परिमार्जन गरिएको ग्यालेक्सी एस र ग्यालेक्सी ए पोर्टफोलियाबाट बाउन्स ब्याकको नेतृत्व गरेको छ।

५८ मिलियन ढुवानी र २१ प्रतिशत बजार सेयरको साथ एप्पल दोस्रो स्थानमा छ। आईफोन १४ प्रो सिरिजको उच्च माग सहित सकारात्मक वार्षिक वृद्धिको साथ सूचीमा समावेश एक मात्र बिक्रेता हो।

शाओमी ३०.५ मिलियन ढुवानी र ११ प्रतिशत बजार हिस्सा सहित शीर्ष तीनमा पर्न सफल भएको छ। तर कम्पनीले वार्षिक आधारमा बजार सेयरमा सबैभन्दा ठूलो गिरावट सामना गरेको छ।

ओप्पो २६.६ मिलियन ढुवानी र भिभो २०.९ मिलियन ढुवानीमा क्रमशः १० प्रतिशत र ८ प्रतिशत बजार हिस्साका साथ चौथो र पाँचौं स्थानमा छन्।

प्रकाशित: १५ बैशाख २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NAIMA to contribute NPR 5 million for Rasuwa flood relief

  • Technology Khabar
  • १५ बैशाख २०८०, शुक्रबार