सामसङ ग्यालेक्सी जेड फ्लिप५ मा फोल्डर आकारको बाह्य स्क्रिन रहने

  • Technology Khabar | १४ बैशाख २०८०, बिहीबार
सामसङ ग्यालेक्सी जेड फ्लिप५ मा फोल्डर आकारको बाह्य स्क्रिन रहने

काठमाडौं ।

ग्यालेक्सी जेड फ्लिप५ को बारेमा धेरै अफवाहहरू सुन्नमा आइरहेको अवस्थामा अब भने क्ल्यामशेल फोल्डेबलको नयाँ कभर स्क्रिनको पहिलो झलक देखा परेको छ। प्रख्यात टिपस्टर आइस युनिभर्सले ग्यालेक्सी जेड फ्लिप५ को नयाँ फोटोहरु सेयर गरेका छन्। साथै उक्त फोटोमा जेड फ्लिप५को डिजाइन र फोल्डर आकारको कभर स्क्रिन देखिएको छ।

पहिलेका जानकारीहरुकाअनुसार जेड फ्लिप ५ को कभर स्क्रिनको मापन लगभग ३.३–३.४ इन्च रहेको र फ्लिप ४ को भने १.९ इन्च प्यानल रहेको थियो। तलको भागमा रहेको अनौठो फोल्डर आकारको कटआउट डुअल क्यामेराको वरिपरि रहने उल्लेख गरिएको छ।

टिपस्टरले उक्त तस्बिरहरू अन्तिम डिजाइनको सूचक भएको र सामसङले हाल ठूलो स्क्रिन क्षेत्रको फाइदा लिनको लागि भनेर आफ्नो सफ्टवेयरलाई अनुकूलन गर्ने काम गरिरहेको दाबी गरेको जीएसएमएरिनाको रिपोर्टमा भनिएको छ।

पछिल्ला रिपोर्टको आधारमा सामसङले ग्यालेक्सी ट्याब एस९ सिरिजसँगै जुलाईको अन्त्यमा आफ्नो जेड फ्लिप५ र जेड फोल्ड ५ घोषणा गर्न तयार रहेको उल्लेख छ।

प्रकाशित: १४ बैशाख २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार