
काठमाडौं ।
सामाजिक सञ्जाल र मोबाइल गेमको कुलतमा नेपाली युवायुवती फसेको सांसद माधव सापकोटाले बताएका छन्।
‘मनोविदका अनुसार लागुऔषध मात्र कुलत हैन,’ बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सापकोटाले भने, ‘लामो समय सामाजिक सञ्जालमा बरालिनु र बच्चाहरुले लामो समय मोबाइलमा गेम खेल्नु पनि कुलत हो।’
भुकम्प र कोभिडले अर्थतन्त्र नराम्रो गरी थलिएको र अर्थतन्त्रका कारण मानिसमा फ्रस्ट्रेसन र डिप्रेसनको स्थितिमा पुगेको तर्फ उनले सभामुखको ध्यानाकर्षण गराए।
फ्रस्ट्रेसन र डिप्रेसनले मानिसलाई कुलतमा पनि पुर्याएको उनको भनाइ छ। मनोविदका अनुसार लागुऔषध मात्र कुलत नभएर लामो समय सामाजिक सञ्जालमा बरालिनु र बच्चाहरुले लामो समय मोबाइलमा गेम खेल्नु पनि कुलत हुने उनको भनाइ छ।
सांसद सापकोटाले उल्लेख गरेको सर्वेक्षण अनुसार अधिकांस युवायुवतीमा फ्रस्ट्रेसन र डिप्रेसनको कुलत छ। सकिन्छ, गर्नुपर्छ, गर्नुपर्दछ भन्ने एउटा सकरात्मक मनोविज्ञान र भावना जागरित गर्दै काउन्सिलिङ्ग चलाउन उनले सरकारसँग माग गरे।
प्रकाशित: १३ बैशाख २०८०, बुधबार