एआईलाई गतिशिलता प्रदान गर्न बेलायतद्वारा १०० मिलियन पाउन्डको टास्कफोर्स स्थापना

  • Technology Khabar | १२ बैशाख २०८०, मंगलवार
एआईलाई गतिशिलता प्रदान गर्न बेलायतद्वारा १०० मिलियन पाउन्डको टास्कफोर्स स्थापना

काठमाडौं ।

बेलायतले सोमबार फाउन्डेशन मोडेलहरू विकासमा मद्दतको लागि टास्कफोर्सको लागि १०० मिलियन पाउन्डको प्रारम्भिक कोषमा घोषणा गरेको छ। च्याटजीपीटी जस्ता च्याटबटहरूद्वारा प्रयोग गरिएको आर्टिफिसिएल इन्टिलिजेन्स स्वास्थ्य सेवा र शिक्षा लगायत क्षेत्रमा प्रयोग गरिनेछ।

‘एआईको सम्भाव्यताको सदुपयोगले हाम्रो अर्थतन्त्रको विकास गर्न, राम्रो तलब हुने रोजगारी सिर्जना गर्ने र स्वास्थ्य सेवा र सुरक्षामा भएको प्रगतिको माध्यमबाट राम्रो भविष्य निर्माण गर्ने प्रशस्त अवसरहरू प्रदान गर्दछ,’ बेलायती प्रधानमन्त्री ऋषि सुनकले भनेको रोयटर्समा उल्लेख छ।

‘हाम्रो नयाँ विशेषज्ञ कार्यदल मार्फत उदीयमान टेक्नोलोजीहरूमा लगानी गरेर, हामी थप नवीन बेलायती अर्थतन्त्रलाई आकार दिने भागको रूपमा सुरक्षित र भरपर्दो एआई विकास गर्ने मार्गलाई निरन्तरता दिन सक्छौं।’

प्रकाशित: १२ बैशाख २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...