भारतमा एमजी मोटरको कुल बिक्रीको ३० प्रतिशत ईभी हुने अपेक्षा

  • Technology Khabar | ११ बैशाख २०८०, सोमबार
भारतमा एमजी मोटरको कुल बिक्रीको ३० प्रतिशत ईभी हुने अपेक्षा

काठमाडौं ।

इमजी मोटर इन्डियाले यस वर्ष आफ्नो बिक्रीको ३० प्रतिशत राजश्व इलेक्ट्रिक सवारी सेग्मेन्टबाट प्राप्त हुने अपेक्षा गरेको छ। भारतमा कम्पनीले आफ्नो नयाँ ईभी प्रस्तुतर गरेर कुल सवारी बिक्रीको ३० प्रतिशत ईभीबाट प्राप्त गर्ने लक्ष्य लिएको कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक राजीव चाबाले बताए।

एमजीले हाल भारतमा जेडएस ईभी मात्र बिक्री गरिरहेको छ। कम्पनीले आफ्नो सानो ईभी कोमेट भारतमा बिक्री गर्ने तयारी गरिरहेको छ।

‘यस वर्ष हामीले हाम्रो बिक्रीको ३० प्रतिशत ८० हजारदेखि ९० हजार यूनिट दुई इलेक्ट्रिक मोडलबाट आउने अपेक्षा गरेका छौं,’ चाबाले भनेको हेक्कनहेराल्डले उल्लेख गरेको छ।

भारतमा इलेक्ट्रिक प्यासेन्जर सवारीको बिक्री बढ्दो क्रममा छ। गत वर्ष करिब ५० हजार यूनिट रहेकोमा यो वर्ष १ लाख २० हजार यूनिट पुग्ने चाबाको विश्वास छ।

विश्वव्यापी टेन्डलाई उद्धृत गर्दै, उनले उल्लेख गरे कि इलेक्ट्रिक र प्लग–इन हाइब्रिड गाडीको बिक्री अब चीनमा कुल नयाँ बिक्रीको ३० प्रतिशत छ।

यस्तै युरोपमा बिक्रीको २० प्रतिशत र अमेरिकी बजारमा १० प्रतिशत हिस्सा ओगटेको चाबाले बताए।

‘भारतमा हामी २ प्रतिशतभन्दा कम छौं तर यो संख्या बढ्दै जानेछ। भारतको लागि, टिपिङ पोइन्ट तब हुनेछ जब प्रवेश स्तर १० प्रतिशतमा पुग्छ र उपभोक्ताहरूका लागि १० लाख भारु मूल्य रेञ्जमा थप विकल्पहरू हुनेछन्,’ उनले भने।

‘एमजी मोटरले हालसम्म करिब १० हजार यूनिट जेडएस ईभी बिक्री गरेको छ। अब छिट्टै यो मोडलको बिक्री प्रति महिना १ हजार यूनिटसम्म पुग्ने अपेक्षा गरिएको छ,’ उनले थपे।

प्रकाशित: ११ बैशाख २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bajaj Nepal unveils the upgraded Dominar 400 in grand launch event

  • Technology Khabar
  • ११ बैशाख २०८०, सोमबार