ट्विचका लोकप्रिय लाइभस्ट्रिमर प्लेटफर्ममा प्रतिबन्धित

  • Technology Khabar | ६ बैशाख २०८०, बुधबार
ट्विचका लोकप्रिय लाइभस्ट्रिमर प्लेटफर्ममा प्रतिबन्धित

काठमाडौं ।

भिडियो-स्ट्रिमिङ प्लेटफर्म ट्विचले लोकप्रिय लाइभस्ट्रिमरहरू मध्ये एकलाई प्रतिबन्ध लगाएको छ।

अमेजन–स्वामित्वमा रहेको प्लेटफर्मले काई सेनाट माथि प्रतिबन्ध लगाएको बीबीसीले उल्लेख गरेको छ।

काई सेनाट च्यानलमा सबैभन्दा धेरै सब्सक्रिप्सन छ। उनीसँग ३ लाख सब्सक्रिप्सन छन्।

अहिले उनको च्यानल भिजिट गर्दा ‘ट्विचको सेवा सर्तहरूको उल्लङ्घनको कारणले अस्थायी रूपमा अनुपलब्ध छ भन्ने म्यासेज देखिन्छ।’ र, उनले आफ ट्विचको प्रतिबन्धमा परेको भनेर ट्वीट गरेका छन्।

ट्विच स्ट्रिमरहरूले भिडियो गेमहरू खेल्दै भ्यूअरहरुसँग च्याट गर्ने गर्छन्।

सेनाटले मार्चमा लुडविग र निन्जाको नाममा रहेको सब्सक्रिप्सनको रेकर्ड तोडेसँगै स्ट्रिमिङमा सबैभन्दा ठूलो नाम बन्न पुगेका थिए।

ट्विच प्रयोगकर्ताहरूले आफ्ना मनपर्ने स्ट्रिमरहरू र क्रेटरहरुलाई निःशुल्क फलो गर्न सक्छन् वा अन्य दर्शकहरूलाई सब्सक्रिप्सन वा उपहार दिएर तिनीहरूलाई समर्थन गर्न सक्छन्।

बेसिक सब्सक्रिप्सन प्याकेजको लागत प्रति महिना ४.९९ अमेरिकी डलरका साथै अतिरिक्त टायर लागत छ।

प्रकाशित: ६ बैशाख २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार