आईफोन १५ लाइनअप नयाँ रङ्गहरूमा आउने, नन्–प्रो मोडलमा फ्रोस्टेड ब्याक रहने

  • Technology Khabar | ६ बैशाख २०८०, बुधबार
आईफोन १५ लाइनअप नयाँ रङ्गहरूमा आउने, नन्–प्रो मोडलमा फ्रोस्टेड ब्याक रहने

काठमाडौं ।

नियमित आईफोन १५ र १५ प्लसमा हालको पुस्ताको प्रो भर्सन समान फ्रोस्टेड ब्याक फिनिश हुने चिनियाँ टिपस्टरले उल्लेख गरेको छ। साथै चिनियाँ टिपस्टरले उक्त पोस्ट मेटाएको जीएसएमएरिनामा उल्लेख गरिएको छ। अहिलेको लागि, ह्यान्डसेट प्रो वा नन्–प्रो मोडेल हो भनेर ब्याक फिनिसद्वारा बताउन सकिने उल्लेख गरिएको छ।

एज प्रो मोडलहरूमा टाइटेनियम फ्रेमका साथ कर्भ ग्लास एजहरू रहने  रिपोर्ट गरिएको छ। यसका अतिरिक्त साइड फ्रेममा एक एक्सन बटन समावेश गरिने र त्यसले विभिन्न आईफोन टायरहरू पहिचान गर्न मद्दत गर्नेछ।

त्यसैगरी प्रतिवेदनमा नयाँ रङ्गहरूको बारेमा पनि उल्लेख गरिएको छ। नियमित आईफोनहरूले नयाँ स्यान र हरियो मिश्रण देख्नेछन् जुन आईफोन १२ मा आएको मिन्ट ग्रीन विकल्पसँग मिल्दोजुल्दो हुने बताइएको छ। अर्कोतर्फ भने आईफोन १५ प्रोले नयाँ गाढा रातो रंग प्राप्त गर्ने अफवाह रहेको उल्लेख गरिएको छ। साथै यसले हालको १४ पुस्ताको डिप पर्पललाई प्रतिस्थापन गर्न सक्ने सम्भावना रहेको बताइएको छ।

प्रकाशित: ६ बैशाख २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...