
काठमाडौं ।
टाटा मोटर्सले नेक्सन ईभी म्याक्सको डार्क एडिशन भारतमा लन्च गरेको छ। नेक्सन ईभी म्याक्सको डार्क एडिशन दुई भेरियन्ट एक्सजेड प्लस लक्स तथा एक्सजेड प्लस लक्स (७.२ किलोवाट एसी) को विकल्पमा ल्याएको छ ।यसको मूल्य १९ लाख ४ हजार भारु र १९ लाख ५४ हजार भारु (एक्स–शोरूम, इण्डिया) राखिएको छ।*
टाटा नेक्सन ईभी म्याक्स डार्क सिग्नेचर मिडनाईट ब्ल्याक रंगमा ल्याएको छ। यसमा चारकोल ग्रे अलोए व्हील्स, साटिन ब्ल्याक हुमानिटी लाइन, प्रोजेक्टर हेडलाइट, ट्राई–एरो सिग्नेचर एलईडी टेल लाइट, फेन्डरमा डार्क मस्कट दिइको छ।
कारमा शार्क फिन एन्टीना, रूफ रेल्स दिइएको छ। इन्टिरियरमा डार्क थीम प्याक, ग्लोसी पियानो ब्ल्याक डयासबोर्ड, डार्क थीम डोर ट्रिम, डार्क थीम लेदर सीट अपहोल्स्ट्री, ईभी ब्लू हाईलाइट स्टिच, लेदर युक्त स्टेरियङ व्हील छ।
टाटा नेक्सन ईभी म्याक्स डार्कमा १०.२५ इन्च टचस्क्रीन इन्फोटेनमेन्ट, एचडी डिस्प्ले, एन्ड्रोइड अटो तथा एप्पल कारप्ले सपोर्ट, ६ क्षेत्रिय भाषामा भ्वाइस असिस्टेन्ट, एचडी रियर भ्यू क्यामरा, एयर प्योरीफायर, वायरलेस स्मार्टफोन चार्जर दिइएको छ।
अटोहोल्डको साथमा इलेक्ट्रोनिक पार्किङ ब्रेक, फ्रन्ट भेन्टिलेटेड सीट, अटो डिमिङ आईआरभीएम, इलेक्ट्रिक सनरूफ, अटो हेडलाइट, रेन सेन्सिङ वाइपर, कूल्ड ग्लवबक्स, रियर एसी वेन्ट्स, पुश बटन स्टार्ट/स्टप, ४ स्पीकर दिइएको छ।
टाटा नेक्सन ईभी म्याक्स डार्कमा ७ इन्चको डिजिटल इन्स्ट्रूमेन्ट क्लस्टर, इलेक्ट्रिकली अपरेटेड ओआरभीएम, स्टेरियङमा कन्ट्रोल बटन दिइएको छ। डार्क एडिशनमा मेकानिकल रुपमा केही परिवर्तन गरिएकको छ। यसमा ४०.५ किलोवाट क्षमताको ब्याट्री दिइएको छ।
यस इलेक्ट्रिक एसयूभीले सिंगल चार्जमा ४३७ किलोमिटरको रेन्ज प्रदान गर्छ। यो कार डीसी फास्ट चार्जिङबाट ५६ मिनटमा ०–८०% सम्म चार्ज हुन्छ। साथै ७.२ किलोवाट एसी फास्ट चार्जरको विकल्प पनि उपलब्ध छ।
सेफ्टी के लिए नेक्सन ईभी म्याक्स डार्कको चारै पांग्रामा डिस्क ब्रेक, हिल होल्ड असिस्ट, हिल डिसेन्ट कन्ट्रोल, पैनिक ब्रेक अलर्ट, इलेक्ट्रॉनिक स्टेबिलिटी प्रोग्राम, अटो भेहिकल होल्ड, ईबीडीको साथ एबीएस, आइसोफिक्स एन्कर दिइएको छ।
*सम्पादन गरिएको
प्रकाशित: ५ बैशाख २०८०, मंगलवार