
काठमाडौं ।
काठमाडौं, ४ असोज । विज्ञान तथा प्रविधि मन्त्रालयले राजपत्रको बारेमा जानकारी दिने उद्धेश्यका साथ नेपाल राजपत्र मोबाइल एप सार्वजनिक गरेको छ ।
सो मोबाइल एपमा हालसम्म छापिएका नेपाल राजपत्रको बारेमा जानकारीहरु उपलब्ध भएको मन्त्रालयले जानकारी दिएको छ । प्ले स्टोरमा भने सो एप नेपाल गजेट नाममा राखिएको छ ।
नेपाल राजपत्र नामक सो मोबाइल एप बुधवार एक कार्यक्रमकाबीच विज्ञान तथा प्रविधि मन्त्री दिपक बोहराले गरे ।
उनले विज्ञान तथा प्रविधि मन्त्रालयलाई ‘पेपरलेस मिनिस्ट्री’ बनाउन प्रयास गरीरहेको जानकारी दिए ।
कार्यक्रममा सूचना तथा संचार सचिव महेन्द्रमान गुरुङले गाउँगाउँमा डाटा सेवा पुर्याउन टेलिकम कम्पनीहरु लाग्नुपर्ने भन्दै सामाजिक संजालको सहि सदुपयोग गरेर ससक्तिकरण गर्न सकिने बताए ।
सो एप हाल एन्ड्रोयड भर्सनमा मात्र उपलब्ध छ भने अन्य अपरेटिंग सिस्टममा पछि मात्र आउने जानकारी गराईएको छ ।
प्रकाशित: ४ आश्विन २०७४, बुधबार