
काठमाडौं ।
भारतमा एप्पल इंकको उत्पादन ठूलो परिणामा बिक्री भएको छ। एप्पलको भारतमा २०२२ को मार्च देखि बिक्री करिब ५० प्रतिशतले बढेको ब्लूमबर्ग न्यूजले सोमबार रिपोट गरेको छ।
एप्पलको भारतमा राजस्व करिब ६ बिलियन अमेरिकी डलर पुगेको छ। २०२२ को मार्चमा कम्पनीको राजश्व ४.१ बिलियन अमेरिकी डलर रहेको रिपोर्टले यस विषयमा परिचित व्यक्तिलाई उद्धृत गर्दै थपेको छ।
एप्पलले भारतमा आफ्नो आईफोन उत्पादनमा उल्लेखनिय वृद्धि गरेको छ। भारतमा कुल ७ प्रतिशत आईफोन उत्पादन हुने गरेको छ। २०२१ मा १% भन्दा बढि रहेको र गत आर्थिक वर्षमा भारतमा ७ बिलियन डलरभन्दा बढी मूल्यको आईफोनहरू एसेम्बल गरिएको छ।
एप्पलले यस वर्ष मुम्बई र नयाँ दिल्लीमा दुईवटा स्टोरहरू स्थापना गरेर भारतको रिटेल बिक्रीलाई बढाउन खोजिरहको छ। यस्तोमा भारतमा एप्पलको बिक्री अझै बढ्ने विश्वास व्यक्त गरिएको छ।
प्रकाशित: ५ बैशाख २०८०, मंगलवार