स्टलवार्ट ईस्पोर्ट्सलाई पब्जी मोबाइल प्रो लिग साउथ एशियाको उपाधी

  • Technology Khabar | ४ बैशाख २०८०, सोमबार
स्टलवार्ट ईस्पोर्ट्सलाई पब्जी मोबाइल प्रो लिग साउथ एशियाको उपाधी

काठमाडौं ।

स्टलवार्ट ईस्पोर्ट्सले पब्जी मोबाइल प्रो लिग साउथ एशियाको उपाधी जितेको छ। उपाधीसँगै स्टलवार्ट ईस्पोर्ट्सले ९ हजार ५ सय अमेरिकी डलर पनि हात परेको छ। मंगोलियाको स्टलवार्टले २०९ प्वाइन्ट प्राप्त गर्दै उपाधी उचालेको हो।

स्टलवार्टले फाइलनमा प्लेसमेन्ट प्वाइन्ट ४८ र इलिमिनेसन प्वाइन्ट ८४ प्राप्त गरेको थियो भने लिग चरणको प्रदर्शनको आधारमा ७७ बोनस प्वाइन्ट प्राप्त गरेको थियो।

दोस्रो र तेस्रो स्थानमा पनि मंगोलियन टोली रहन सफल भएका छन्। एनबी ईस्पोर्ट्स २०३ सहित दोस्रो र १८८ अंकसहित ४मिराकल भाइब्स तेस्रो हुन सफल भएको छ।

चौथो र पाँचौं स्थानमा भने नेपाली टिम क्रमस स्काईलाइट गेमिङ र डीआरएस गेमिङ रहन सफल भएका छन्। स्काईलाइटको १७९ अंक र डीआरएको १७८ अंक रहेको छ।

यस प्रतियोगितको अंक तालिकमा मंगोलियन टिमहरुले आफ्नो प्रभुत्व कायम छन्। शीर्ष ८ मध्ये ५ अटो टिम मंगोलियाका रहेका छन्। शीर्ष ८ भित्र अर्को नेपाली टिम टी२के मात्र रहन सफल भएको छ। १६८ अंक जोडेको टी२के ७ औं स्थानमा रहन सफल भएको छ।
म्यामिटेक्स ईस्पोर्टस् १७८ अंक सहित ६ औं र आईएजसी ईस्पोर्ट १६० अंक सहित ८ औं स्थानमा रहेको छ।

९ औं देखि १२ औं स्थानमा भने नेपाली टिमहरु रहेका छन्। जसमा क्रमसः इलिमिन८ क्रू, लियो ईस्पोर्ट्स, हाइभोल्टेज ईस्पोर्ट्स नेपाल र रअ अफिसियल्स रहेका छन्।

शीर्ष १२ स्थान भित्र अटाउन नसक्ने टिममा मंगोलियाका २ र नेपाल र बंगलादेशका समान १÷१ टिम छन्। जसमा क्रमसः एसआईटीएम ईस्पार्ट्स, कुन्यो टीआरजेड, सिल ईस्पोर्ट्स र डेडआई गाइज रहेका छन्।

पीएमपीएलको फाइनलमा कुल १६ टिमको सहभागिता रहेको थियो। जसमा नेपालका ८, मंगोलियाका ७ र बंगलादेशका १ टिम थिए।

यस प्रतियोगिताको कुल पुरस्कार राशी ८० हजार अमेरिकी डलर रहेको थियो। दोस्रो हुने टिमले साढे ६ हजार अमेरिकी डलर, तेस्रो टिमले साढे ५ हजार अमेरिकी डलर, चौथो हुने टिमले ५ हजार अमेरिकी डलर, पाँचौ र छौठोले समान साढे ४ हजार अमेरिकी डलर, सातौ र आठौं हुने टिमले समान ४ हजार २५० हजार अमेरिकी डलर, नवौं हुने टिमले ४ हजार अमेरिकी डलर, १० औंले ३ हजार ७५० अमेरिकी डलर, ११ औं र १२ औं स्थानमा रहन सफल टिमले समान साढे ३ हजार अमेरिकी डलर प्राप्त गरेका छन्।

१३ औं हुने टिमले ३ हजार २५० अमेरिकी डलर र १४ औं, १५ औं र १६ औं हुने टिमले समान ३ हजार अमेरिकी डलर प्राप्त गरेका छन्।

यस प्रतियोगिताको एमभीपीको रुपमा स्टलवार्टका टपले थप एक हजार अमेरिकी डलर जितेका छन्।

लिग स्टेजबाटै आफ्नो यात्रा समाप्त गरेका ४ टिमले समान २/२ हजार अमेरिकी डलर प्राप्त गरेका छन्।

यस प्रतियोगितको शीर्ष १२ स्थानमा रहन सफल टिम आगामी अप्रिल २७ देखि आयोजना हुने पीएमपीएल साउथ एशिया च्याम्पियनशिपमा प्रतिस्पर्धा गर्नेछन्। अर्को पीएमपीएल साउथ एशिया च्याम्पियनशिपमा कुल २० टिमको सहभागिता रहनेछ। बाँकी ८ टिम पीएमपीएल पाकिस्तानबाट छनोट भइसकेका छन्।

 

प्रकाशित: ४ बैशाख २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार