काठमाडौँ महानगरपालिकामा पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली शुरु

  • Technology Khabar | ३ बैशाख २०८०, आईतवार
काठमाडौँ महानगरपालिकामा पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली शुरु
फाइल तस्बिर

काठमाडौं ।

काठमाडौँ महानगरपालिकाले नयाँ वर्षदेखि पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली शुरुवात गरेको छ। यो प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घरनक्सा दर्ता अनलाइनबाटै पेश गर्न सकिनेछ।

यसका साथै, संधियारको सूचना, राजस्व तिर्ने, फिल्ड भिजिट मिति तोक्ने तथा प्लिन्थ लेभलसम्मको इजाजत लगायतका सम्पूर्ण प्रक्रिया महानगर तथा मातहतका कार्यालयमा नगइकन अनलाइनबाट नै सेवा लिन सकिनेछ।

यसले पहिले २/३ महिना लाग्ने प्रक्रियालाई बढिमा २५ दिनमा छोट्याउने दाबी गरिएको छ। यसका लागि सर्भरको स्तरोन्नतिसहीत सफ्टवेयरका धेरै सुविधाहरु सुधार गरिएको छ।

काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले डिजिटल सिग्नेचरसहित पूर्णरुपमा अनलाइन प्रणालीमा आधारित इलेक्ट्रोनिक बिल्डिङ्ग पर्मिट सिस्टम लागू गरिएको जानकारी दिए।

“पाँच हजार वर्गफिट क्षेत्रफल भएका भवनको नक्सा वडाबाटै स्वीकृत हुने छ। अब प्रक्रिया छोट्याएर २५ दिनमा नक्सा तयार भईसक्छ,” उनले भने,
“हाम्रो नक्सा पासलाई अहिले पूर्णरुपमा अटोमेटेड गर्न सकेका छौं। यसको लागि फास्ट सर्भर राखेका छौं।”
उनकाअनुसार अन्य निकायहरुमा पनि अनलाइनबाटै नक्सा पठाउन सकिने सुबिधा रहेको छ।

यो प्रणालीसँगै विचौलिया प्रवृति, वारेसनामा पद्दति, आर्थिक अनियमितता लगायतको अन्त्य भइ पारदर्शी र सहज प्रक्रिया सञ्चालन हुने बताईएको छ।

प्रकाशित: ३ बैशाख २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • ३ बैशाख २०८०, आईतवार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • ३ बैशाख २०८०, आईतवार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • ३ बैशाख २०८०, आईतवार