
काठमाडौं ।
चिनियाँ इभी ब्राण्ड जीकरले कम्प्याक्ट लक्जरी इलेक्ट्रिक एसयूभी लन्च गरेको छ। साथै यस कम्प्याक्ट लक्जरी इलेक्ट्रिक एसयूभी भित्र मिनी फ्रिज सहित धेरै नवीनतम सुबिधाहरूको प्याक समावेश गरिएको छ।
जीकर एक्स लक्जरी एसयूभीमा फेस अनलक फिचर रहेको र यो उच्च प्रदर्शन (हाई पर्फमेन्स) ब्याट्रीद्वारा संचालित पहिलो लक्जरी इलेक्ट्रिक क्रसओभर मोडेल भएको दाबी गरिएको छ। यद्यपि मोडलको मूल्य ट्याग भने केही महंगो भएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।
जीकर ब्रान्ड गीली ब्रान्डको एउटा शाखा हो र यसले पूर्ण ईभीहरु उत्पादन गर्न जारी राखेको छ। यसको पछिल्लो उत्पादन जीकर एक्स ईभी नामक एक लक्जरी र कम्प्याक्ट इलेक्ट्रिक एसयूभी हो। यस ईभीमा फोल्डेबल रियर इलेक्ट्रिक सीटहरू रहेको र माइनस १५ डिग्री सेल्सियससम्म तापमान कम राख्न सक्ने फ्रिज पनि समावेश गरिएको छ। यो ईभी एक सहरी एसयूभी भएको र यो एकदमै फ्युचरिस्टिक डिजाइनका साथ आउने बताइएको छ।
यसले फेस अनलक र एक्सेस् समर्थन गर्नूका साथै र यसको मूभिङ्ग सेन्ट्रल स्क्रिन मार्फत कुनै पनि बसोबासका लागि मनोरञ्जन लिनको लागि प्रयोग गर्न सकिने छ।
जीकरको विभिन्न भेरियन्टहरू रहेको र ती सबैको मूल्य धेरै महँगो भएको बताइएको छ। एसयूभीको सिंगल–मोटर मोडलले ५.८ सेकेन्डमा ० देखि ९६ किलोमिटर प्रतिघण्टाको गतिमा दौडन सक्नेछ। यस भेरियन्टको टर्नरी ६६ केडब्लुएच ब्याट्रीले पूर्ण चार्ज भएको खण्डमा ५६० किलोमिटरको रेन्ज प्रदान गर्नेछ। ईपीए टर्मस् अनुसार रेन्ज ४०० किमी (२४५माइल) भन्दा कममा घटाउन सकिने थप बताइएको छ।
जीकर एक्स ईभीको सिंगल–मोटर आरडब्ल्यूडी संस्करणको रिटेल मूल्य २७,६१० अमेरिकी डलर रहेको बताइएको छ। उच्च (हाइयर) मोडलहरूले ३.७ सेकेन्डमा ० देखि ९६ किलोमिटर प्रति घन्टासम्मको गति लिन सक्ने र यसको मूल्य ४३०,००० अमेरिकी डलर भन्दा माथि रहेको उल्लेख छ। साथै जीकर एक्स ईभी विश्वव्यापी रूपमा उपलब्ध हुने बताइएको छ।
यो कम्पनीको पहिलो ईभी ग्लोबल लन्च भएको हुनाले चीन बाहिर विदेशी बजारहरूमा यसको मूल्य धेरै उच्च हुन सक्नेछ। यो आयात परीक्षण र प्रमाणीकरण करहरूको परिणाम भएको र ग्राहकलाई हस्तान्तरण गरिने उल्लेख गरिएको छ। जीकरले पहिले नै मोडलको लागि पूर्व–अर्डरहरू प्राप्त गरि रहेको र २०२३को जुन महिनामा पहिलो डेलिभरीहरूको अपेक्षा गरिएको छ।
प्रकाशित: २ बैशाख २०८०, शनिबार