
काठमाडौं ।
रुकुमको पुथाउत्तरगङ्गा गाउँपालिका २ पेल्मामा पहिलो पटक टेलिफोन सेवा पुगेको छ।
गाउँपालिकाको वडा नम्बर २ को पेल्मा गाउँसहित सोही गाउँपालिकाको वडा नम्बर १२५ का अधिकांश गाउँ सञ्चार सम्पर्कमा जोडिएपछि यहाँका बासिन्दा निकै खुसी भएका छन्। पुथाउत्तरगङ्गा-२- पेल्मास्थित टुस्कीबाङमा बनेको नेपाल टेलिकमको टावर सञ्चालनमा आएपछि पहिलो पटक यस क्षेत्रका बासिन्दा टेलिफोन सेवासँग जोडिएका हुन्।
तीनवटा वडाका बस्तीलाई जोड्ने गरी नेपाल टेलिकमले टावर निर्माण सम्पन्न गरेको छ।
फोन सम्पर्कका लागि लेक नढ्नुपर्ने बाध्यता हटेपछि खुसी लागेको पुथाउत्तरगङ्गा-२, पेल्माका जिताराम कामीले बताए। बडामा पहिलो पटक घरमै बसेर फोन गर्न पाइने भएपछि सबै स्थानीय खुसी भएको उनको भनाइ छ। गोरखापत्रबाट
प्रकाशित: ३० चैत्र २०७९, बिहीबार