ताजा समाचार

नेपालमा साढे २४ अर्बको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात

नेपालमा साढे २४ अर्बको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात
Global IME Bank

नेपालमा टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्सको आयात घटेको देखिएको छ।

नेपाल राष्ट्र बेंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तयि स्थितिको आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म २४ अर्ब ४९ करोड ९८ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको छ।

गत आर्थिक वर्ष २०७८/२०७९ को फागुन मसान्तसम्म ३९ अर्ब ९२ करोड २९ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको थियो।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्ष टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्सको आयात १५ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ अर्थात २९.४ प्रतिशतले कम हो।

नेपालमा सबैभन्दा धेरै टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स चीनबाट आयात हुने गरेको छ।

राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको पहिलो ८ महिनामा चीनबाट १७ अर्ब ४१ करोड ९५ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको छ।

भारतबाट ५ अर्ब १० करोड ४८ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको देखिन्छ।

Sajilo Visa
easy care