युट्युब प्रिमियममा पाँच नयाँ फिचर थप, यस्तो छ विशेषता

  • Technology Khabar | २९ चैत्र २०७९, बुधबार
युट्युब प्रिमियममा पाँच नयाँ फिचर थप, यस्तो छ विशेषता

काठमाडौं ।

युट्युबको भुक्तान सदस्यता टियरले मंगलबार थप पाँच फिचरहरू थप्ने भएको छ। साथै यस नयाँ फिचरले गर्दा हरेक महिना यसको लागि भुक्तान गर्नू पर्ने टियर र निःशुल्क टियर बिचमा पर्याप्त फरक पार्ने जीएसएमएरिनामा उल्लेख गरिएको छ।

यसअघि जनवरीको अन्त्यसम्म परीक्षणमा रहेको क्वीविङ्ग सिस्टमलाई युट्युब प्रिमियम सदस्यहरूले अब फोन र ट्याब्लेटहरूमा प्रयोग गर्न सक्ने बताइएको छ। यो फिचर कम्प्युटरहरूमा युट्युब वेबसाइट प्रयोग गर्दा सबैका लागि उपलब्ध भएको तर मोबाइल एपको कार्यक्षमता सदस्यहरूमा सीमित रहेको उल्लेख गरिएको छ। नामले संकेत गरेझैं, यसले प्ले गर्नका लागि भिडियोहरूको लाम सिर्जना गर्न ( भिडियोहरू क्यू गर्न), नयाँहरू थप्न र त्यहाँ पहिले नै देखि भएकाहरूको स्थान परिवर्तन गर्नको लागि अनुमति दिने बताइएको छ।

त्यसैगरी दास्रो नयाँ फिचरमा प्रिमियम सदस्यहरूले गुगल मीट सेसनहरू होस्ट गर्न सक्ने र त्यहाँ सबै सहभागीहरूले (चाहे तिनीहरू प्रिमियम वा निःशुल्क प्रयोगकर्ताहरू हुन्) युट्युब भिडियोहरू सँगै हेर्न सक्नेछन्। यो हाल एन्ड्रोइड डिभाइसहरूमा मीट लाइभ सेयरिङ मार्फत लाइभ रहेको र “आउँदो हप्ताहरूमा” सेयरप्ले मार्फत फेसटाइम प्रयोगकर्ताहरूका लागि आईओएसमा सक्षम गरिने बताइएको छ।

तेस्रो नयाँ फिचरमा डिभाइसहरू स्विच गरिएको खण्डमा पनि युट्युबमा भिडियोहरू हेर्न छोडिएको स्थानबाट नै भिडियो हेर्न जारी राख्न सकिने क्षमता रहेको उल्लेख गरिएको छ। यो फिचर अब एन्ड्रोइड, आईओएस र वेबमा लाइभ भएको उल्लेख गरिएको छ।

चौथो नयाँ फिचरमा रहेको स्मार्ट डाउनलोड मार्फत सिफारिस गरिएका भिडियोहरू अब सिधै तपाईंको लाइब्रेरीमा थपिने र अफलाइन हेर्नको लागि तयार हुने बताइएको छ। यदि तपाईंले आफ्नो आगामी उडानका लागि केही सामानहरू डाउनलोड गर्न बिर्सनुभयो भने यसले मद्दत गर्ने बताइएको छ। उदाहरणका लागि, यहाँ स्पष्ट रूपमा के नयाँ छ भन्ने कुरामा स्पष्टता भने नभएको र यो केही समय देखि प्रिमियम सदस्यहरूको लागि उपलब्ध भइसकेको बताइएको छ।

अन्तमा, “आउँदो हप्ताहरूमा”, प्रिमियम सदस्यहरूका लागि, आईओएसमा युट्युबले १०८०पी एचडी रिजोलुसन भिडियोहरूको लागि परिष्कृत बिटरेट संस्करण प्रदान गर्ने बताइएको छ। साथै उक्त फिचर गत फेब्रुअरीमा परीक्षणमा गरिएको थियो। कम्पनीले यो परिष्कृत बिटरेट संस्करण “विशेष गरी धेरै विवरण र गति भएका भिडियोहरूका लागि एक्सट्रा क्रिप्स र क्लियर (स्पष्ट) देखिनेछ,” भनी वाचा गरेको बताइएको छ। यद्यपि १०८०पी एचडी रिजोलुसन सबैका लागि उपलब्ध हुने भए तापनि यस उच्च बिटरेटमा मात्र भने उपलब्ध नहुने उल्लेख गरिएको छ।

प्रकाशित: २९ चैत्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार