
काठमाडौं ।
फोनपेले नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा ‘फोनपे गर्ने हो १ क्युआरमा उपहार जित्ने हो १’ योजना ल्याएको छ।
चैत २९ देखि वैशाख ५ गतेसम्म नेपाल अधिराज्यभर लागू गरिएको यस योजनामा व्यवसायी तथा ग्राहकहरू सहभागी भई १ तोला सुन र स्कुटर प्राप्त गर्न सक्ने फोनपेले जनाएको छ।
योजना अवधिभित्र मोबाइल बैंकिङ एप वा वालेटबाट फोनपेको क्युआर प्रणाली प्रयोग गरी भुक्तानी गर्ने ग्राहकहरूले ‘लक्की ड्र’मार्फत इप्लुटो ब्रान्डको विद्युतीय स्कुटर जित्न सक्नेछन् भने भुक्तानी प्राप्त गर्ने व्यवसायीले ‘लक्की ड्र’मार्फत १ तोला सुन जित्न सक्नेछन्।
फोनपेको नेपालमा डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने र प्रयोगकर्ताहरूलाई क्युआर भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्य अनुरूप योजना ल्याइएको फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवसकुमार सापकोटाले बताए।
यसको लक्ष्य प्रयोगकर्ता र व्यवसायीहरूलाई समान रूपमा डिजिटल भुक्तानीको सजिलो, छिटो र सुविधाजनक माध्यम अपनाउन प्रोत्साहित गर्ने भएको उनले बताए।
प्रकाशित: २८ चैत्र २०७९, मंगलवार