इन्टरनेट सेवा क्षेत्रलाई व्यवस्थित बनाउन सेवा प्रदायकहरुले सहकार्य गर्ने

Technology Khabar २७ चैत्र २०७९, सोमबार

काठमाडौं ।

इन्टरनेट सेवा क्षेत्रलाई थप व्यवस्थित बनाउन सबै सेवा प्रदायकहरुले सहकार्य गर्ने भएका छन्।

इन्टरनेट सेवा प्रदायक संघले होटेल शंकर, लाजिम्पाटमा इन्टरनेट सेवा प्रदायकहरुका अध्यक्ष, बोर्ड सदस्य, प्रमुख कार्यकारी निर्देशक सहितको उपस्थितिमा बसेको बिशेष भेलाले सहकार्य गर्ने निर्णय गरेको हो।

इन्टरनेट सेवा प्रदायकहरुका बीच सहकार्य गर्न आहवान गरिएको उक्त भेलामा डिजिटल फाउन्डेसनको लक्ष्यलाई आत्मसाथ गरी विश्व मापदण्ड अनुसार सेवा गुणस्तरमा सुधार गर्दै जाने सहमति भएको छ। यस्तैगरी इन्टरनेट सेवा र यस क्षेत्रलाई व्यवस्थित, मर्यादित र गरिमामय बनाउन इन्टरनेट सेवा प्रदायकहरुले हातेमालो गर्दै अघि बढ्ने निर्णय समेत गरिएको छ।

यसका साथै उपरोक्त कार्यहरु गर्नका लागि इन्टरनेट सेवा प्रदायकहरुले आवश्यक कार्य गर्नेरगराउने र उक्त लक्ष्य प्राप्त गर्नका लागि सम्पूर्ण आवश्यक तयारी गर्ने, एसओपी निर्माण, प्रक्रियागत सुधार लगायतका आवश्यक कार्यहरु गर्ने भएका छन्।

यसैगरी नेपाल दूरसंचार प्राधिकरण र नेपाल सरकारको सम्बन्धित निकायसंग इन्टरनेट क्षेत्रलाई व्यवस्थित एबं गरिमामय बनाउनका लागि आवश्यक छलफलर हातेमालो र सहकार्य गर्दै जाने निर्णय समेत भएको आईस्पानले जनाएको छ।

प्रकाशित: २७ चैत्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया