हाम्रो बजार डटकममा नक्कली विज्ञापन राखी ठगी गर्ने ब्यक्ति पक्राउ

  • Technology Khabar | २७ चैत्र २०७९, सोमबार
हाम्रो बजार डटकममा नक्कली विज्ञापन राखी ठगी गर्ने ब्यक्ति पक्राउ
सांकेतिक तस्विर

काठमाडौं ।

नक्कली बिज्ञापन राखी अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न ब्यक्तिलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।

हुम्ला सिमिकोट गाउँपालिका वडा नं. ४ घर भएका उपेन्द्र शाहीलाई प्रहरीले अनलाइन ठगीमा समातेको हो।

शाहीले हाम्रो बजार डटकम नामक अनलाइन वेबसाइटमा आईफोन १४ प्रो म्याक्स जस्ता महँगो मूल्यका आईफोन मोबाईल सेटहरु सस्तो मूल्यमा बिक्रीमा छ भन्ने जस्ता आकर्षक बिज्ञापन पोष्ट गरी मोबाईल किन्ने ब्यक्तिहरु सम्पर्कमा आएमा मोबाईलको मूल्य, डेलिभेरी, कुरियर चार्ज जस्ता बिभिन्न प्रयोजनमा रकम लाग्छ भनि ठगी गर्ने गरेको प्रहरीले उल्लेख गरेको छ।

कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीकाअनुसार विभिन्न ब्यक्तिहरुको नाममा रहेका बैंक खाता, ईसेवा तथा खल्ती वालेटहरुमा रकम पठाउन लगाई रकम पठाए पश्चात सम्पर्क विहिन भई अनलाईन मार्फत ठगी गर्ने गरेको हुँदा शाहीलाई भक्तपुर सुर्यबिनायक न.पा. वडा नं. २ बालकोटमा फेला पारी पक्राउ गरेको हो।

निजलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौंमा पठाईएको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ चैत्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार