सूचना प्रविधि उद्यमी रुद्रराज पाण्डेको ट्विटर एकाउन्ट ह्याक

  • Technology Khabar | २४ चैत्र २०७९, शुक्रबार
सूचना प्रविधि उद्यमी रुद्रराज पाण्डेको ट्विटर एकाउन्ट ह्याक

काठमाडौं ।

सूचना प्रविधि उद्यमी रुद्रराज पाण्डेको ट्विटर एकाउन्ट ह्याक भएको छ। उनको ट्विटर एकाउन्टमा हाल एनएफटी तथा क्रिप्टोको शेयर गरेको देखिन्छ।

फेसबुकमा एक पोस्ट लेख्दै पाण्डेले आफ्नो ट्विटर एकाउन्ट ह्याक भएको जानकारी दिएका हुन्।

डियरवाक तथा हाम्रोपात्रोका लगानीकर्ता समेत रहेका पाण्डेले पछिल्लो समय सूचना प्रविधि भन्दा राजनीतिक र समसामयिक विषयमा ट्वीट गरिरहन्थे।

उनले फेसबुक पोस्टमा भनेका छन्, “मेरो ट्विटर एकाउन्ट ह्याक भएको छ… त्यसैले यसलाई फेरी नियन्त्रण गर्ने प्रयास गर्दैछु,”

सूचना प्रविधिमा नै लगानी गरेका र आईटी विज्ञ भनेर चिनिएका पाण्डेकै ट्विटर ह्याक हुँदा आफ्नो ट्विटर समेत जोगाउन नसकेको भन्दै सामाजिक सञ्जालमा चर्चा भएको छ।

प्रकाशित: २४ चैत्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Iran-linked group claims hack of FBI drones

  • Technology Khabar
  • २४ चैत्र २०७९, शुक्रबार