
काठमाडौं ।
एप्पलले आफ्नो आपूर्ति शृङ्खलालाई विविधीकरण गर्न र उत्पादनलाई चीनबाट सार्न प्रयास गरिरहँदा मेड इन इन्डिया आईफोनको उत्पादन बढ्दो क्रममा छ।
साउथ चाइना मर्निङ पोस्टको रिपोर्टअनुसार भारतमा उत्पादित आइफोनको ढुवानी भोल्युम २०२२ को तुलनामा ६५ प्रतिशतले बढेको छ। यसबाहेक आईफोनको मूल्य १६२ प्रतिशतले बढेको साउथ चाइना मर्निङ पोस्टले गत हप्ता बजार अनुसन्धान फर्म काउन्टरपोइन्टले प्रकाशित गरेको प्रतिवेदनलाई उदृत गरेको छ।
२०२२ मा, एप्पलले भारतको कुल स्मार्टफोन ढुवानीको मूल्यको २५ प्रतिशत हिस्सा ओगटेको थियो। यो २०२१ मा १२ प्रतिशतले बढेको एससीएमपीले काउन्टरपोइन्टलाई उदृत गर्दै रिपोर्ट गरेको छ।
साउथ चाइना मर्निङ पोस्टको रिपोर्टमा सिनमेई शेनले भनेका छन्, ‘चीनले विश्वभरका ८५ प्रतिशत आइफोन उत्पादन गर्छ। यद्यपि, बेइजिङले आफ्नो प्रभुत्व गुमाउने जोखिमको सामना गरिरहेको छ किनभने एप्पलले आफ्नो उत्पादन आपूर्ति श्रृंखला चीन बाहिर सार्ने उपायहरू खोजिरहेको छ।”
बेइजिङ र वाशिङटनबीचको बढ्दो तनाव र चिनियाँ सरकारको कडा कोभिड–१९ नियमका कारण चीनमा उत्पादनमा अवरोध आउन थालेपछि उत्पादनका लागि चीन माथिको आफ्नो निर्भरता कम गर्न खोजिरहेका विश्वव्यापी टेक ब्रान्डहरूमध्ये एप्पल पनि एक हो।
प्रकाशित: २४ चैत्र २०७९, शुक्रबार