सामसङले २०२३ को अन्त्यसम्म भारतमा १५ ओटा अनुभव स्टोर खोल्ने

  • Technology Khabar | २५ चैत्र २०७९, शनिबार
सामसङले २०२३ को अन्त्यसम्म भारतमा १५ ओटा अनुभव स्टोर खोल्ने
सामसङको काठमाडौंमा दरबारमार्ग स्थित शोरुम। फाइल तस्विर

काठमाडौं ।

सामसङ इन्डियाले वर्षको अन्त्यसम्ममा भारतका शीर्ष मेट्रो शहरहरूमा १५ प्रिमियम अनुभव स्टोरहरू सुरु गर्ने योजना घोषणा गरेको छ।

सामसङले यी नयाँ अनुभव स्टोरहरू दिल्ली, मुम्बई, बेंगलुरु, चेन्नई, कोलकाता, अहमदाबाद, हैदरावाद, पुणे र चण्डीगढ जस्ता शीर्ष मेट्रो शहरहरूमा आइकोनिक स्थानहरूमा आउने बताएको छ।

पछिल्लो समयमा कम्पनीले भारतीय बजारमा आफ्नो स्थान कायमै राख्न र बजार बिस्तार गर्न नयाँ एक्सपेरियन्स स्टोर स्थापना गर्ने तयारी गरेको हो।

प्रकाशित: २५ चैत्र २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...