नोकियाको बी२बीको लागि प्योर यूआई सार्वजनिक, एचएमडी स्मार्टफोनमा उपलब्ध नहुने

  • Technology Khabar | २१ चैत्र २०७९, मंगलवार
नोकियाको बी२बीको लागि प्योर यूआई सार्वजनिक, एचएमडी स्मार्टफोनमा उपलब्ध नहुने

काठमाडौं ।

नोकियाले आफ्नो आगामी बी२बी र उद्यम उत्पादनहरूको लागि प्योर यूआई नामको नयाँ प्रयोगकर्ता इन्टरफेस प्रस्तुत गरेको छ। तर यो एचएमडी ग्लोबलद्वारा उत्पादित नोकिया स्मार्टफोनहरूमा उपलब्ध हुनेछैन।

नोकियाको आधिकारिक वेबसाइटका अनुसार, प्योर यूआईले न्यूनतम डिजाइन र प्रयोगको सहजतालाई प्राथमिकता दिने फरक उपस्थिति प्रदान गर्दछ।

हालमा घोषणा गरिएको नोकिया प्योर यूआईमा नयाँ डिजाइन भाषा फिचर गरिएको छ। यद्यपि यो एचडीएमडी ग्लोबलबाट कुनै पनि नोकिया स्मार्टफोनहरूमा लागू गरिने छैन, यो सबै आगामी नोकिया सफ्टवेयर यूआई परियोजनाहरूमा प्रयोग गरिनेछ।

ब्रान्डका अनुसार नोकिया प्योर यूआईको डिजाइन भाषा एक स्लीक र मिनिमलिस्ट लुकको साथ एकरूप, अनुकूलनीय, र अघि सोच्ने उद्देश्यले गरिएको छ। पूर्ण रूप लेआउट र गाइडलाइनबाट शुरु गरी विभिन्न तत्वहरूद्वारा परिभाषित गरिएको छ। नोकिया प्योर टाइपफेस नयाँ डिजाइनको एक महत्वपूर्ण भाग हो र यूआईमा प्रयोग गरिनेछ।

नयाँ आईकोन एडजस्टेबल स्ट्रोक विथमा विभिन्न डिस्प्ले स्पेसिफिकेसन र डिभाइस फक्सानालिटी पूरा गर्न प्योर यूआईमा प्रस्तुत गरिएको छ। थप रूपमा, विशिष्ट तत्वहरूमा प्रयोगकर्ताको ध्यान आकर्षित गर्न स्मुथ एनिमेसनहरू प्रयोग गरिएको छ।

यसबाहेक, नोकियाले आवश्यक फिचरहरु समावेश गरेको छ जसले विकासकर्ताहरूलाई सजिलैसँग एकरूपता देखिने स्क्रिनहरू सिर्जना गर्न सक्षम गर्दछ। यूआईमा दिइएको डार्क मोडले स्वचालित रुपमा सिम्बोल र कम्पोनेन्टको स्टाइललाई एडजस्ट गर्छ।

नोकिया प्योर यूआईले जटिल वेब–आधारित ड्यासबोर्डहरू सिर्जना गर्नका लागि उपयुक्त बलियो कम्पोनेन्टहरू उपलब्ध गराउने कम्पनीको दाबी रहेको लाइभमिन्टले उल्लेख गरेको छ। यसबाहेक यूआईलाई साने वेयरएबल स्क्रिनबाट ठूलो भित्तामा राखिएको डिस्प्लेहरुमा एडजस्ट गर्न मिल्ने गरी डिजाइन गरिएको छ।

प्रकाशित: २१ चैत्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...