
काठमाडौं ।
दुई रिलिज नगरिएका रियलमी फोनहरु चीनको टीईएनएए सर्टिफिकेसन डाटा बेसमा देखिएको छ। यी फोन आगामी रियलमी ११ सिरिज हुने विश्वास गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
रियलमी ११ प्रो (आरएमएक्स३७७०) र ११ प्रो प्लस (आरएमएक्स३७४०) मा ६.७ इन्च कर्भ ओएलईडी डिस्प्लेले एफएचडी प्लस रिजोल्यूसन र १२० रिफ्रेस रेट प्रदान गर्छ।
यी दुई स्मार्टफोन अज्ञात २.६ गिगाहर्ज आठ–कोर एसओसीद्वारा सञ्चालित छ जुन आगामी मिडियाटेक चिपसेट हो। फोनले ६ जीबी र्याम र १२८ जीबी स्टोरेजदेखि १६ जीबी र्याम र १ जीबी स्टोरेज ट्रिमसम्मको विकल्प प्रस्ताव गर्नेछ।
रियलमी ११ प्रोमा १०८ मेगापिक्सेल मुख्य क्यामराका साथ २ मेगापिक्सेल पोट्र्रेट मोड्युल क्यामरा छ भने प्रो प्लसमा २०० मेगापिक्सेल मुख्य क्यामराका साथ ८ मेगापिक्सेल म्याक्रो क्यामराका साथ ८ मेगापिक्सेल अल्ट्रावाइड मोड्युल छ।
दुवै फोनहरुमा एन्ड्रोइड १३ मा आधारित रियलमी यूआई ४.० बुट गरिएको छ। रियलमी ११ प्रो ४८७० एमएएच रेटेड ब्याट्रीका साथ सूचीबद्ध गरिएको छ भने ११ प्रो प्लस २४३५ एमएएच रेट ब्याट्री क्षमतामा छ। यो सम्भवत फोनको कुल क्षमताको आधा हो।
प्रकाशित: २१ चैत्र २०७९, मंगलवार