
काठमाडौं ।
‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ईकमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने “२० मा बिज” नामक क्याम्पेन अन्तर्गतको चैत महिनाको क्याम्पेन चैत १९ गते राती १२ बजे देखि २२ गते सम्म लाइभ गर्ने भएको छ भने यस महिनाको २० मा बिज नयाँ वर्षलाई लक्षित गरिएको कम्पनीले बताएको छ।
यही चैत २० गतेका दिन बिजबजारले अपराह्न ६ बजेदेखि आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप सञ्चालन गर्ने छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न उपहारहरू जित्न सक्ने जानकारी दिएको छ।
सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा क्याम्पेन अन्तर्गतको Fashion – नयाँ वर्ष, नयाँ STYLE योजनामा ६० प्रतिशत सम्म, Gadget – नयाँ वर्ष, नयाँ GADGET योजनामा ६५ प्रतिशत सम्म, Home Appliances – नयाँ वर्ष, नयाँ HOME APPLIANCE योजनामा ५० प्रतिशत सम्म र Home & Decor – नयाँ वर्ष, नयाँ HOME DECOR योजनामा ५० प्रतिशत सम्म छुट सहित अन्य आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् ।साथै सेवाग्राहीहरूले चैत्र २० गतेको प्रत्येक अडरमा नेपाल भरि डेलिभरी शुल्कमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्ने बताईएको छ।
२० मा BIZ का लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ भने साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो क्याम्पेन प्रभावकारी हुने विश्वास पनि कम्पनीले लिएको छ।
प्रकाशित: १९ चैत्र २०७९, आईतवार