टाटा टियागो ईभी आईपीएल २०२३ को आधिकारिक कार

  • Technology Khabar | १९ चैत्र २०७९, आईतवार

काठमाडौं ।

टाटा आईपीएल २०२३ शुक्रबारदेखि भारतमा शुरु भएको छ। यस प्रतियोगिताका लागि टाटा मोटर्सले आफ्नो आधिकारिक कार घोषणा गरेको छ। कम्पनीले यस पटक टाटा टियागो ईभीलाई आईपीएलको आधिकारिक कार घोषणा गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ। यो कम्पनीको लोकप्रिय इलेक्ट्रिक सेडान हो।

टाटा मोटर्स २०१८ मा आईपीएलको टाइटल स्पोन्सर बनिरहेको छ र हरेक वर्ष कम्पनी आफ्नो नयाँ एसयूभीलाई आधिकारिक कार घोषित गर्दै आइरहेको थियो। तर पहिलो पटक कुनै पनि इलेक्ट्रिक कारलाई आधिकारिक कार घोषित गरिएको हो। यस कारलाई आईपीएलको क्रममा १२ स्टेडियममा डिस्प्ले गरिनेछ।

टाटा मोटर्सले इलेक्ट्रिक कारलाई बढावा दिनका लागि ठूलो कदम उठाएको छ। कम्पनीले ‘टियागो ईभी इलेक्ट्रिक सुपर स्ट्राइकर’ अवार्ड दिनेछ। खेलमा सबैभन्दा धेरै स्ट्राइक रेटमा रन बनाउने खेलाडीले टियागो ईभी प्राप्त गर्नेछन्।

कम्पनी टियागोलाई आईसीई तथा सीएनजी भर्जनमा पनि बिक्री गर्छ। तर इलेक्ट्रिक मोडललाई अघि बढाउनका लागि कम्पनीले यस्तो निर्णय लिएको हो।

यस भन्दा पहिला टाटा मोटर्सले २०१८ मा नेक्सनलाई डिस्प्ले गरिएको थियो। त्यस पछि २०१९ मा ह्यारिस, २०२० मा अल्ट्रोज, २०२१ मा सफारी तथा २०२२ मा टाटा पन्चलाई आधिकारिक कार बनाइएको थियो। कम्पनीकोे काजीरंगा एडिशनलाई पनि केही म्याचमा देखाइएको थियो।

टाटा टियागो ईभी १९.२ किलोवाट आवर र २४ किलोवाट आवरको दुई ब्याट्री प्याक विकल्पमा उपलब्ध छ। टियागो ईभीको बेस भेरियन्टमा १९.२ किलोवाट आवर ब्याट्री र टप भेरियन्टमा २४ किलोवाट आवर ब्याट्री प्याक छ।

टाटा टियागो बेस मोडको रेञ्ज ३१५ किलोमिटर र टप मोडलको अधिकतम रेञ्ज २५० किलोमिटर छ।

प्रकाशित: १९ चैत्र २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार