
काठमाडौं ।
युट्युब सबैभन्दा ठूलो भिडियो स्ट्रिमिङ प्लेटफर्म मध्ये एक हो। तपाईंले युट्युबमा सबै प्रकारका भिडियोहरू हेर्न पाउनुहुनेछ, जसमा वयस्कदेखि बालबालिकासम्मको सामग्री हेर्नको लागि उपलब्ध छ। बालबालिकाको सामग्रीको बारेमा कुरा गर्दा, तपाईंले भिडियोहरूमा धेरै नर्सरी राइमहरू, कार्टुनहरू, कार्टुन चलचित्रहरू हेर्न पाउनुहुनेछ।
आजभोली ठूला-साना सबै उमेरका बच्चाहरूलाई हातमा फोन दिईन्छ र तिनीहरूले युट्युबमा कविता र कार्टुनहरू हेर्न व्यस्त हुन सकून् भन्ने चाहना राखिन्छ।
तर हामीले भनेजस्तै, सबै प्रकारका भिडियोहरू युट्युबमा हेर्नको लागि उपलब्ध छन्। यस्तो अवस्थामा बालबालिकाको नजर सुझावमा देखिने एडल्ट वा वयस्क कन्टेन्टमा पनि पर्न सक्छ।
यदि तपाईंको बच्चाले पनि फोनमा घण्टौं अवधिसम्म युट्युब भिडियोहरू हेर्छ भने, तपाईंले सावधानी अपनाउनु पर्छ। धेरै पटक युट्युब भिडियोहरू बीचको सुझाव खण्डमा आपत्तिजनक र संवेदनशील सामग्री देखाइन्छ, जसमा बच्चाहरूले क्लिक गरेर उक्त भिडियोमा सजिलै पहुँच गर्न सक्छन्।
तपाइँको बच्चाले यस्ता वयस्क भिडियोहरू नखोलोस र नहेरोस भन्ने चाहनुहुन्छ र यस्तो आउनसक्नेमा डर मान्नुहुन्छ भने, तपाइँको सुविधाको लागि युट्युबमा यस्तै कामको फिचर दिइएको छ। यो सुविधा प्रयोग गरेर, तपाईं कुनै पनि चिन्ताबिना बच्चालाई आफ्नो फोन दिन सक्नुहुन्छ। यसको नाम अभिभावकीय नियन्त्रण अर्थात प्यारेन्टल कन्ट्रोल सुविधा हो। यो सुविधा सक्रिय गरेसँगै, वयस्क भिडियोहरू तपाइँको युट्युब भिडियोहरूमा प्ले हुने छैनन्।
जानौं युट्युबमा एडल्ट कन्टेन्ट बन्द गर्ने तरीका-
युट्युबमा अभिभावकीय नियन्त्रण सुविधा सक्रिय गर्न, तपाईंले पहिले युट्युब खोल्नु पर्छ।
आफ्नो स्मार्टफोनमा युट्युबमा एप खोल्नुहोस् र माथिल्लो दायाँ कुनामा रहेको ‘प्रोफाइल’ आइकनमा क्लिक गर्नुहोस्।
यहाँ तपाईंले अब धेरै विकल्पहरू देख्नुहुनेछ, तर तपाईंले ‘सेटिङ्स’ मा ट्याप गर्नुपर्नेछ।
यसपछि, अब ‘जनरल’ मा क्लिक गर्नुहोस्।
यहाँ तपाईंले ‘प्रतिबन्धित मोड’ (‘Restricted Mode’) को विकल्प देख्नुहुनेछ। यसको टगल अन गर्नुहोस्।
यो मोड अन गर्दा, युट्युबमा १८ प्लस अर्थात वयस्क सामग्री प्रतिबन्धित हुन्छ। यस्तो अवस्थामा युट्युबमा एडल्ट कन्टेन्टको उपस्थिति निकै हदसम्म कम र नियन्त्रित हुनेछ।
प्रकाशित: १८ चैत्र २०७९, शनिबार