सामसङ ग्यालेक्सी ट्याब एस ७ एफइ र ग्यालेक्सी ट्याब ए८ १०.५ मा वान यूआई ५.१ अपडेट

  • Technology Khabar | १८ चैत्र २०७९, शनिबार
सामसङ ग्यालेक्सी ट्याब एस ७ एफइ र ग्यालेक्सी ट्याब ए८ १०.५ मा वान यूआई ५.१ अपडेट

काठमाडौं ।

सामसङले ग्यालेक्सी ट्याब एस७ एफइ र ग्यालेक्सी ट्याब ए८ १०.५को लागि एन्ड्रोइड १३ मा आधारित वान यूआई ५.१ अपडेट रिलिज गरेको छ।

उक्त अपडेट सामसङ ग्यालेक्सी ट्याब एस७ एफइको अन्तर्राष्ट्रिय मोडल (मोडल डेजीग्नेसन एसएम–टि७३६बी) को फाइभजी संस्करणको लागि रोल आउट हुनेछ। यो हाल युरोपमा फर्मवेयर संस्करण टि७३६बीएक्सएक्सयू२ सीडब्ल्यूसी ५ र फेब्रुअरी २०२३ एन्ड्रोइड सेक्युरिटी प्याचमा सिडिङ भइरहेको बताइएको छ।

त्यसैगरी सामसङ ग्यालेक्सी ट्याब ए८ १०.५ को लागि वान यूआई ५.१अपडेट, अर्को तर्फ, दक्षिण कोरियामा एसएम–एक्स२०० मोडलको लागि रोलिङ भइरहेको र उक्त रोलआउट चाँडै अन्य क्षेत्रहरूमा पनि विस्तार गरिने बताइएको छ। उक्त अपडेटमा एक्स२००एक्सएक्सयू२सीडब्ल्यूसी१ फर्मवेयर संस्करण रहेको र जनवरी २०२३ एन्ड्रोइड सेक्युरिटी प्याचको साथ आउने बताइएको छ।

ग्यालेक्सी ट्याब एस७ एफइ र ग्यालेक्सी ट्याब ए८ १०.५ मा वान यूआई ५.१ प्राप्त गर्नको लागि ट्याब्लेटको सेटिङभित्र सफ्टवेयर अपडेट मेनुमा गएर म्यानुअल रूपमा (अपडेट) अद्यावधिक जाँच गर्न सकिने छ।

प्रकाशित: १८ चैत्र २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार