एप्पलको आईओएस १७ जुन ५ मा आधिकारिकरुपमा सार्वजनिक गरिने

  • Technology Khabar | १७ चैत्र २०७९, शुक्रबार
एप्पलको आईओएस १७ जुन ५ मा आधिकारिकरुपमा सार्वजनिक गरिने

काठमाडौं ।

एप्पलले आफ्नो वार्षिक वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स (डब्ल्यूडब्ल्यूडीसी) को लागि आधिकारिक मितिहरूको बारेमा खुलासा गरेको छ। एप्पलको उक्त वार्षिक वर्ल्डवाइड डेभलपर कन्फरेन्स (डब्ल्यूडब्ल्यूडीसी) आगामी जुन ५ देखि जुन ९ सम्म अनलाइनरुपमा आयोजना हुने छ।

जुन ५ मा शुरु हुने उक्त सम्मेलनको पहिलो–दिनमा कीनोट आयोजना गरिने र त्यहाँ आईओएस, आईप्याडओएस, म्याकओएस, वाचओएस, र टिभीओएस को अर्को संस्करणहरू प्रस्तुत गरिने बताइएको छ।

उक्त कार्यक्रम अनलाइन आयोजना हुने भए तापनि विकासकर्ता र विद्यार्थीहरूले जुन ५ मा एप्पल पार्कमा आयोजना हुने सो विशेष दिनमा उपस्थित हुने अवसर पाउनुका साथै कीनोट र एप्पलको आफ्नै स्टेट अफ द युनियन सम्बोधन हेर्न पाउने बताइएको छ। यद्यपी उक्त कार्यक्रममा व्यक्तिहरुको सीमित उपस्थित हुने उल्लेख छ।

“डब्ल्यूडब्ल्यूडीसी२३ सबैभन्दा ठूलो र सबैभन्दा रोमाञ्चक हुने र यो विशेष कार्यक्रममा तपाईहरू मध्ये धेरैलाई अनलाइन र व्यक्तिगत रूपमा हेर्नको लागि आतुर रहेको” एप्पलको वर्ल्डवाइड डेभलपर रिलेसनका उपाध्यक्ष सुसान प्रेस्कटले बताएका छन्।

प्रकाशित: १७ चैत्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...