
काठमाडौं ।
चिम्पभाइनले आधिकारिक रुपमा आफ्ना ग्राहकहरूको लागि ई-लर्निङ प्लेटफर्म सार्वजानिक गर्ने भएको छ।
चिम्पभाइन, एक एड-टेक स्टार्टअपले आफ्नो ई-लर्निङ प्लेटफार्म सबै ग्राहकहरूको लागि सार्वजनिक गर्ने घोषणा गरेको छ। चिम्पभाइनको गेमिफाइड ई-लर्निङ प्लेटफर्म आउने हप्ता देशभरका ग्राहकहरूको लागि उपलब्ध हुने गरि सार्वजनिक हुने भएको छ।
चिम्पभाइनको नयाँ गेमिफाइड ई-लर्निङ प्लेटफार्ममा ग्राहकले सहज युजर इन्टरफेस मार्फत प्रि-के देखि कक्षा ८ सम्म नेपाली पाठ्यक्रममा आधारित मुख्य विषयहरू सजिलैसँग नेभिगेट गर्न र पाठ्यक्रमहरू चयन गर्न सक्नुहुन्छ। प्लेटफर्ममा भएका गेमहरू नेपाली पाठ्यक्रममा आधारित छन् र ती गेमहरुले अंग्रेजी, गणित, सामाजिक अध्ययन र विज्ञान जस्ता प्रमुख विषयहरूलाई समेट्छन्। यसले कक्षा ८ सम्मका विद्यार्थीहरूलाई आफ्नो ज्ञान र सीपहरू सिक्न र सुधार गर्नको लागि एक आकर्षक र नविनतम माध्यम उपलब्ध गराउँछ। सिकाइलाइ अझै उपलब्धिमुलक बनाउनका लागि प्लेटफर्ममा गेम सँगै क्विज र फ्ल्यासकार्ड्सहरु पनि समावेश गरिएको छ।
‘हाम्रो लक्ष्य सिकाइलाई रमाइलो र सबैका लागि पहुँचयुक्त बनाउनु हो। विद्यार्थीहरूको सिकाइ उपलब्धि गेमिफाई लर्निङ मार्फत अझ उपलब्धि मुलक बनाउन सक्छौ भन्ने कुरामा हामी विश्वस्त छौ,’ चिम्पभाइन की कार्यकारी निर्देशक साश्या पौडेल बताइन्।
‘आधुनिकता बढे सँगै हालका बालबालिकाहरूलाई मोबाइल फोन र ग्याजेट प्रयोग गर्नबाट रोक्न असम्भव छ। त्यही समयलाई उपलब्धिमूलक भने अवश्य बनाउन सकिन्छ। त्यसैले हामीले एउटा प्लेटफर्म सिर्जना गरेका छौं जहाँ बालबालिकाहरूले आफ्नो स्क्रिन समयलाई उपलब्धिमुलक बनाउन सक्छन्,’ चिम्पभाइनकी सेल्स हेड सृष्टि श्रेष्ठले बताइन्।
प्रकाशित: ९ चैत्र २०७९, बिहीबार